काठमाण्डौ चैत्र २३ । करीव दुई महिनापछि आज बसेको संविधानसभा बैठक शोक प्रस्ताव पारित गरेर पून: एक हप्ताका लागि स्थगित भएको छ ।
एमाले नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाल र पूर्व गृहराज्यमन्त्री तथा सभाषद महेन्द्र यादवको निधनमा अलग अलग शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।
ऋाजको बैठकमा विपक्षी दलहरुको पनि सहभागिता रहेको थियो ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बैठकको शुरुमै पूर्व गृहराज्यमन्त्री यादव र पूर्व सांसद तथा राज्य व्यवस्था समितिका पूर्व सभापति ढकालको निधनमा शोक प्रस्ताव पढेर सुनाउनु भएको थियो ।
२०५१ सालमा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका र २०६४ मा रुपन्देही ५ बाट संविधानसभा सदस्य निर्वाचित भएका ढकालको हिजो निधन भएको थियो ।
त्यसतै २०४८ र २०५१ मा महोत्तरी १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका यादवको चैत १७ गते निधन भएको थियो ।
यसैबीच संविधानसभा अध्यक्ष नेम्वाङले संविधानसभाको अर्को बैठक चैत ३० गते बोलाउनु भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment