बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका ( बाना) को वर्तमान कार्यसमितिले आफ्नो पहिलो कार्यकम स्वरूप टाउन हल मीटिंग सम्पन्न गरेर राय सुझाब संकलन गरेको छ |
स्थानिय गण्डकी रेस्टुरेन्टमा अप्रिल ५ तारिखका दिन गरियको मीटिंगमा बोल्ने धेरै बक्ताहरुले वर्तमान कार्यसिमितिले पहिलो कार्यकम स्वरूप टाउन हल मीटिंग राखेकोमा खुशी ब्यक्त गर्नु भएको थियो |
मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि महाबाणिज्य दुत प्रेमराजा महतले सामाजिक संघ संस्थालाइ आगाडी बढाउन समाजका सबैले आ-आफ्नो भूमिका निभाउनु पर्छ भन्नुभयो | निबर्तमान अध्यक्ष बिजय श्रेष्ठले समाज सेवाको काम देखे जस्तो सजिलो छैन भन्नुभयो | कार्यकममा बोल्दै डा. भीम कट्टेलले नेपाली कार्यकममा आसन ग्रहणका लागि लामो समय खर्च भै रहेको भन्दै कटौती गर्न सुझाव दिनु भयो | अर्का बक्ता डा. श्याम कार्कीले संस्थालाइ सबैले मेरो हो भन्ने भावनाको विकास हुने खालका कार्यकमहरु बनाउन सल्लाह दिनु भयो |
कार्यकममा बोल्दै पूर्व अध्यक्ष रबिना थापाले सबैलाई समेटेर आगाडी बढ्न सुझाब दिनु भयो | संस्थापक सदस्य नारायण थापाले संस्थापक केही सदस्यहरुको मानमर्दन भएको र सुधार्नु पर्ने धारणा राख्नु भयो |
कार्यकममा बोल्दै अर्जुन हमाल, दुर्गा श्रेष्ठ, र महेश भट्टराईले संस्थाले बिगतमा गरेका हरेक हिसाब दुरुस्त नभएको आरोप लगाउदै आगामी दिनमा पारदर्शी हुनुपर्ने बताउनु भयो | समाजसेवी ज्ञानु रिमालले आपसी भाइचारा अझै बिकाश गर्नका लागि तत्काल वर्तमान र भू.पु. अध्यक्ष को टोलि बनाएर मैत्रीपुर्ण फूटबल खेलको आयोजना गर्न सुझाब दिनुभयो |
अघिल्लो निर्बाचनमा सर्च कमिटि खडा गरेर समाज भाड्न खोजेको पूर्व महासचिब प्रभुराम थापाले आरोप लगाउनु भयो भने सोहि कमिटि कै कारण बानाले पहिलो पटक सर्बसम्मत र सर्बस्विकार्य कार्यसमिति पाएको धारणा एच.बि. भण्डारीले राख्नु भएको थियो |
सोहि अबसरमा बानाका सदस्य बिनोद उप्रेतीले बानाको भाषा कक्षा संचालन गरेमा एक सय डलर र हिसाब पारदर्शी गराउन एक सय डलर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो |
कार्यकममा पर्ल रेग्मी , शिवराम पौडेल, केमिका भण्डारी , देबब्रत् शर्मा , अनुसुया वन्त र सतिश चापागाईंले पनि बोल्नु भएको थियो | टाउन हल मीटिंगको अध्यक्षता कुलमणि आचार्यले गर्नु भएको थियो |
0 comments :
Post a Comment