अमेरिकाका लागि नेपाली राजदूतमा अर्जुन कार्की र भारतका लागि दिपकुमार उपाध्याय नियुक्त भएका छन । राष्ट्रपति डा. रामबरण यादवले सोमबार कार्कीलाई अमेरिकाका लागि र उपाध्यायलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका हुन ।
अन्तरिक संविधान २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ती निकालेर जनाएको छ । यसअघि संसदीय सुनुवाई विशेष समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
मन्त्रिपरिषदले सिफारिस गरेको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment