म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रशन्न पौडेललाई हलिउडमा प्रवेश मिलेको छ । पौडेललाई उनले हालै मात्र निर्माण गरेको सत्य घटनामा आधारित सर्ट फिल्म ‘होक्से’ ले हलिउडमा प्रवेश दिलाएको हो । प्रशन्नले निर्देशन गरेको यो ७ मिनट अवधिको फिल्म अमेरिकाको सिकागोमो हुने ‘सिकागो फिल्म फेस्टिवल’ को स्क्रिनिङका लागि छानिएको छ । फिल्म अमेरिकाकै लस एन्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल ४८ फिल्म फेस्टिवलका लागि समेत छानिएको छ । आगामी अप्रिल २३ देखि ३० तारिख सम्म चल्ने फेस्टिवलमा एसियाबाट प्रवेश पाउने एकमात्र फिल्मका रुपमा होक्सेलाई प्रवेश मिलेको निर्देशक पौडेलले जानकारी गराएका छन् । उनका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा होक्से यसको विषयका कारण छनौटमा पर्ने एसियाकै एकमात्र फिल्म बन्न पुगेको हो । होक्से एउटा त्यस्तो गाउँको सत्य कथा हो, जो काभ्रेपलाञ्चोकको नजिकै पर्छ, जहाँका वासिन्दा ठगी र बाध्यताका कारण आफ्नाे मृगौला बेच्न बाध्य छन् । रातो माटो भएका कारण मकै बाहेक केही नफल्ने गाउँका मानिसहरु बाच्नका लागि पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्न बाध्य हुन्छन् । त्यहा सरकारी पहुँच अहिलेसम्म पनि पुगेको छैन । समाजका गन्यमान्य भनिएका मान्छेहरुले नै उनीहरुलाई जीवनभर हेरिदिने, घर जग्गा दिने प्रलोभनमा पारेर ६० हजार देखि १ लाख रुपियांसम्म दिएर मृगौला किन्छन् । एउटा विपन्न सानो घरको प्रेमकथालाई केन्द्रित गर्दै निर्माण गरिएको होक्सेमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानिया मधु न्यौरेले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका हुन् । फिल्ममा परिकल्पना र निर्देशन प्रशन्न पौडेलको रहेको छ भने छायांकन संगीत रोेशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, विदुर पाण्डे, सम्पादन प्रकाश तुलाधरको रहेको छ । आगामी नोभेम्बर महिनामा हुने अवार्ड समारोहमा प्रतिनिधित्वका लागि बोलाइए पनि फिल्मको बारेमा बोल्ने समय समेत उपलब्ध गराए मात्र जाने प्रशन्नले जानकारी गराए । फेस्टिवलमा बाजी मार्ने फिल्मलाई ४८ हजार डलर पुरस्कार दिइने र एउटा फिल्म बनाउन दिने प्रावधान रहेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment