पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको बुधबार राति निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । थापा केहि दिनदेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वासप्रस्वासमा समस्या देखिएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । विभिन्न कालखण्डमा थापा पाँच पटक प्रधानमन्त्री हुनुभएको थियो । राजा महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत उहाँ प्रधानमन्त्री हुनुभयो । करिब पाँच दशक नेपाली राजनीतिमा सक्रिय रहनुभएका थापाले संविधानसभाको केहि बैठकको जेष्ठ सदस्यताको हैसियतले अध्यक्षता पनि गर्नुभयो । विक्रम संबत १९८४ मा धनकुटा जिल्लाको मुगामा जन्मनुभएका थापा तिस वर्षको पञ्चायतकालमा प्रभावशाली रहनुभयो । देशमा बहुदल ल्याउन गरिएको जनआन्दोलनसम्म उहाँले राजतन्त्रको वकालत गरेता पनि पछिल्लो समय जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्ने बताउदै आउनुभएको थियो । थापाका छोरा सुनिलबहादुर थापा अहिले वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment