कठै बरा गीतबाट नेपाली संगीतमा डेब्यू गरेका गायक सागरराजले आफ्नो नयाँ भिडियो ‘झालेमाले भाई’ बाट यतिबेला चर्चा बटुलीरहेका छन् । फ्यूजन शैलीको संगीत प्रयोग गरिएको पप रक गीतलाई ३१ तरिखमा आधिकारिक रुपमा सार्वजनिक गरिएको हो । सागरराजले औधि मेहेनत गरेर बजारमा ल्याएको भनिएको गीतमा उनकै शब्द संगीत र स्वर सुन्न पाइन्छ ।गीतको संगीतमा सांस्कृतिक र आधुनिक बाजागाजाहरु सेक्सोफोन, सारंगी, गितार,आदिको प्रयोग गरिएको छ । विभिन्न प्रकारका बाजागाजाबाट यो गीतले भिन्न तरंग पैदा गरेकाले गीत फरक पृष्ठभुमीमा बनेको गायक सागरराज बताउँछन् । भिडियोमा राज श्रेष्ठ, प्रिन्स नेपाली, मन्जील विक्रम केसी, सागरराज, प्रतिक बानिया र अनुज श्रेष्ठले विभिन्न बाजागाजाहरुको प्रयोग गरेको देख्न सकिन्छ ।
युट्युबमा ८ हजार भन्दा बढीले हेरेको भिडियो एउटा बालकको सपनाका बारेमा छ । जहाँ उसले झालेमाले भाईको नामले एक प्रसिद्ध व्यक्तिको रुपमा आफुलाई पाउँछ । भिडियोमा झालेमाले भाई कहीले एकान्त पारामा एउटा कुनामा पुगेको देखिन्छ त कहिले मानिसहरुको भिडभाडमा पनि एक्लो महशुस गरेको देखिन्छ । तर कतिपय मानिसले उसको गाम्भिर्यतालाई पनि विशेष प्रकारले माया गरेको देख्न सकिन्छ ।
भिडियोमा झालेमाले भाईका रुपमा बालकलाकार अविरल प्रताप अधिकारीले अभिनय गरेका छन् । अधिकारीले जिवन्त अभिनय गरेको भिडियोको छायांकन लुजा सिंहले गरेका हुन् । जुन भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । ३ बर्ष अघि सागरराजको डेब्यू गीतमा पनि उनले बालबालीकाकै कथालाई रोजेका थिए । जसमा उनले बालकलाकार अनुभव रेग्मी र सुरज सिंह् ठकुरीलाई अभिनय गराएका थिए ।
हेर्नुस भिडियो
https://www.youtube.com/watch?v=4ocRqW3rlSY
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment