काठमाण्डौ चैत्र १८ । अनसनरत डा.गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउदै चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालको सेवा बन्द गर्ने भएका छन् । डा. केसीको माग प्रति सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरुले देशैभरिका स्वास्थ सस्थामा ओपीडी सेवा बन्द गर्न लागेका हुन् । अस्पतालमा भर्ना भएका बिरामीको सामान्य रेखदेख गरेपनि नया बिरामीलाई भर्ना हुन नदिने चिकित्सकहरुले बताएका छन् । केसीका मागलाई सरकारले सम्बोधन गर्ने कुनै पहल नगरेको भन्दै चिकित्सकहरुको साझा सस्था चिकित्सक संघले आन्दोलनका कार्यक्रम तय गरेको थियो । संघको हिजो बसेको बैठकले देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गर्ने गरेको निर्णय अनुसार आन्दोलन अघि बढाएको संघका अध्यक्ष अन्जनीकुमार झाले जानकारी दिनुभयो । सरकारले ४८ घन्टा भित्र माग पूरा गरेर अनसन तोडाउने पहल नगरे देशेभरीका अस्पतालको आकस्मिक सेवा पनि ठप्प पार्ने चिकित्सक संघले चेतावनी छ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment