
‘फिटकिरी’ निर्देशन पछि अनुप बराल फेरी फिल्म निर्देशनमा आउने भएका छन् । आफनो जन्मदिनको दिन नायक बरालले ‘दोख’ नामक फिल्म निर्देशन गर्ने घोषणा गरे । केही कलाकार र पत्रकारका बिच उनले आफनो जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा केट पनि काटेर खुवाएका थिए । सोसल ड्रामा भनिएको फिल्मलाई पछिल्लो समय ‘ऋतु’ निर्माण गरिसकेको आल्प इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्म एउटा गाउँको कथाको परिवेशमा बनेको जानकारी दिए निर्देशक बरालले । फिल्म द्धन्द्ध र फुटबल माथी बनेको छ । उनले भने, फिल्ममा थिएटरका कलाकार समावेश गरिने छ । पत्रकार युवराज घिमिरे, संगीतकार आभाष फुयाल र निर्माता सबिन ज्ञवालीले फिल्मको बारेमा बोलेका थिए । फिल्ममा पहिलो पटक नेपथ्य ब्याण्डले संगीत भर्दैछ भने गायक अमृत गुरुङले पहिलोपटक फिल्ममा गीत समेत गाउँदैछन् ।
बैशाख १ गते देखि भोजपुरबाट छायांकन शुरु हुने फिल्ममा लोकमणि सापकोटा, रोय श्रेष्ठ, दिवाज किराँती राई, दिया मास्के, सजन थापा मगर, सुरज मल्ल, राज थापा, किरण चाम्लिङ, माओत्सो गुरुङ, अनोज पाण्डे, अविरलप्रताप अधिकारी, अमनप्रताप अधिकारी लगायतका कलाकारहरुको अभिनय रहने छ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment