English Edition

सन्दिपले जिते मिस्टर नेपालको उपाधि

एपोलो इन्टरनेशनल कलेज वानेश्वरमा बिबिएस अध्यनरत २२ बर्षीय सन्दिप पोखरलले ‘मिस्टर नेपाल २०१५’ उपाधि जितेका छन् । गोर्खाका पोखरेलले ४० प्रतियोगी युवालाई पछि पार्दै १३ आंै मिस्टर नेपाल बनेका हुन् । प्रतियोगीतामा पोखरेलले मिस्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्सका समेत अवार्ड हात पारे । ‘यदी तपाई छोरीको बाबु भएको खण्डमा निर्वाह गर्ने प्रमुख तीन कुरा के के हुन्’ ? निर्णायकले अन्तिम राउण्डमा पोखरेललाई प्रश्न गरेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिदै पोखरेल उपाधि बिजेता बनेका हुन् । पोखरेललाई गत बर्षका बिजेता सुरज चिलुवालले मिस्टर नेपालको ताज पहिर्याए । बिजेता पोखरेलले उपाधिका साथमा नगद रु.एक लाख रुपैया, चलचित्र बिन्दास ३ मा अभिनय गर्ने अवसर र अन्य बिभिन्न उपहार प्राप्त गरे । बिजेता घोषित भएपछि पोखरेलले आफुलाई नेपाली चलचित्र क्षेत्र मन पर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको बताएका थिए । 
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर सा“झ सम्पन्न प्रतियोगीतामा प्रतिक लालवानी फष्ट रनर अप र मिलन श्रेष्ठ सेकेण्ड रनर अप घोषित भए । लालबानीले ह्याण्डसम ,पर्सनालिटी सहित भियुर्स च्वाईस अवार्ड समेत जित्दा श्रेष्ठले भने फ्रेड्ली अवार्डमा चित बुझाए । दुबैले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरे । 
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, Ôमता उजागर लगायतका प्रशिक्षण सहित स्पर्धामा उतारेको थियो ।
दर्जन बढी उप–शिर्षकमा बिजेता घोषित गरिएको कार्यक्रममा   प्रतियोगीतामा सुजित आचार्य फोटोजेनिक, अजुरी दिमखान र शनी शाह फिजिक्स, अरुण केसी र प्रहिल कार्की मेक ओभर, गोपाल गजमेर र वर्कास राई बेस्ट चर्मिङ, राजेन्द्र रवाल बेष्ट ड्रेस, युमा लिब्बु बेष्ट स्क्रिन, दोस्त हरन लिब्बु बेस्ट मल्टिीमिडिया, बिजय केसी बेष्ट क्याटवाक, निरन अवाल र पवन गुरुङ बेस्ट स्पोर्ट घोषित भए ।
चलचित्र निर्देशक उद्धव अबिजित, राजु गिरी, मिस्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणा लगायत निणर्यक रहेको प्रतियोगीताको कोरीयोग्राफी चा“दनी लामिछानेले गरेकी थिइन् । मिस्टर नेपाल आफुले दशक अगाडी देखि नियमित आयोजना गर्दै आएको जानकारी दिदै आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी बर्ष पनि यसलाई झन् आकर्षक तवरले निरन्तरता दिने बताए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment