
एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले क्यापिटल इभेन्टले एसएलसी ट्यालेन्ट शो आयोजना गर्ने भएको छ । एसएलसी दिएर बसेका विद्यार्थी सहभागी हुन पाउने सो कार्यक्रम आगामी वैशाख २ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । नृत्य, अभिनय र गायन गरी तीनवटा विधामा सहभागीलाई प्रतिस्पर्धा गराइनेछ । कार्यक्रमको समापन अवधिसम्म प्रशिक्षण तथा विभिन्न भ्रमणसमेत गराइनेछ । तीनवटै विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कारका साथै अन्य उपहार पनि प्रदान गरिनेछ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment