
असन, काठमाडौँकी संगीता नापितले ‘मिस नेपाल कल्चर २०१५’ को उपाधि चुमेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमवार सम्पन्न प्रतियोगितामा १८ जना स्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । मोडलिङमा रुचि राख्ने उनले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाउने आयोजकले बताएको छ । साथै, संगीताले एयरहोस्टेस प्रशिक्षणका लागि फ्लाइटेकबाट छात्रवृत्ति पनि पाएकी छिन् । युहान इभेन्ट इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितामा याश्मीन राई फस्ट रनरअप र ज्ञाता न्यौपाने सेकेन्ड रनरअप भए । सोनम घिमिरे मिस क्याटवाक, सुप्रिया शाह बेस्ट पर्सनालिटी, नमिता लिम्बू मिस मल्टिमिडिया र बोन्नी दाहालले कल्चरल एम्बेसडरको सबटाइटल पाए । त्यस्तै, प्रतियोगितामा शर्मिला नेपाल भ्युअर्स च्वाइस, कल्याणी सुवाल मिस ट्यालेन्ट, प्रतिभा दवाडी मोस्ट पपुलर र म्यानेजमेन्ट च्वाइस सिर्जना लामा भए । विभिन्न जातजाति तथा समुदायका कला, संस्कृति र वेशभूषा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा स्पर्धीहरू ढाका पहिरनमा प्रस्तुत भएका थिए । नेपाली ढाकाको प्रर्वद्धन गर्ने हेतुले प्रतियोगीलाई ढाका पहिरनमा उतारिएको आयोजक संस्थाका निर्देशक सानु खानले बताए ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment