English Edition

एमाले नेता ढकालको अन्त्येष्टि

Ramnath
काठमाडौं, चैत्र २३ - स्वाइनफ्लु संक्रमणबाट आइतबार निधन भएका एमाले पोलिटब्युरो सदस्य रामनाथ ढकालको सोमबार पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उपचार क्रममा ढकालको राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको थियो । 
 ढकालको पार्थिव शरिरलाई बिहान ८ बजेदेखि तीन घण्टा श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय बल्खुमा राखेर दिउँसो आर्यघाट लगिएको थियो । पार्टी कार्यालय र आर्यघाटमा श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेता, एमालेका नेता कार्यकर्ता र शुभेच्छुकरुको ठूलो उपस्थिति थियो । एमाले अध्यक्ष केपी ओलीले ढकाललाई पार्टी कार्यालय र आर्यघाटमा राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।  
एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्रीहरु बामदेव गौतम,  कांग्रेस महामन्त्री प्रकाशमान सिंह, एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेकपा-माओवादी नेता देव गुरुङ, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका  अध्यक्ष चित्रबहादुर केसी, सेना, प्रहरीका, प्रकाशनका  उच्च अधिकारी, ढकाललाई श्रद्धाञ्जली दिन बल्खु र आर्यघाट पुगेका थिए । 
नेता ढकालको सम्मानमा  एमालेले तीन दिन शोक मनाउने भएको छ । देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रमहरु आयोजना नगर्ने, पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जली सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । ढकालको निधनमा एमाले अध्यक्ष केपी ओलीले सोमबार शोक वक्तव्य जारी गर्दै ५२ बर्षको अल्पायुमै भएको उहाको निधनले धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
'कमरेड रामनाथ ढकालका गतिशीलता, जुझारुपन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने जस्ता गुणहरूको पार्टीले सधैभरि स्मरण  र अनुशरण गरिरहनेछ' ओलीले भनेका छन् । 
ढकालले विद्यार्थी आन्दोलन, निरङुशतन्त्रका विरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय क्षेत्रमा कुसल भूमिका निर्वाह गरेका थिए ।  उनको भूमिकाको स्मरण गर्दै ओलीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । २०५१ को चुनावममा गुल्मी र २०६४ को संविधान सभा निर्वाचनमा रुपन्देही-५ बाट ढकालले सांसद जितेका थिए । त्यसपछि उनले संसदीय फाँटमा कुसल भूमिका निर्वाह गरेका थिए । 
तस्विरहरु: निमेषजंग रार्इ/सुरविन्द्र कुमार पुन
































source - ekantipur,com

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment