काठमाडौ, चैत्र २३ राष्ट्रिय टिमका फरवार्ड सन्तोष साहुखल विदेश गएको रुस्लान थ्री-स्टारलाई सुरुमा जानकारी नै थिएन । बल्लतल्ल जापान गएको थाहा पायो र आर्मीविरुद्धको खेल अगाडि उनलाई झिकाउने काम भएको थियो । आइतबारको खेल दिउँसो साढे तीन बजे थियो, उनी काठमाडौं आइपुगे, एक बजे । लगभग सीधै मैदानमै ओर्लिए, तर उनी ५२ मिनेट मात्र टिक्न सके ।
आर्मीका गोलरक्षक विकेश कुथुले नियन्त्रण लिइसकेको बललाई सन्तोषले प्रहार गर्न खोजेपछि अनिवार्य रातो कार्डको स्थिति उत्पन्न भएको थियो । विकेशको छातीमै चोट लाग्न पुगेको थियो र रेफ्री सुदीश पाण्डेसामु उनलाई मैदान बाहिर पठाउनुबाहेक अरू विकल्प थिएन । सन्तोष आपै+mले भने घटनालाई लिएर लामै समय रेप|mीसामु विवाद गर्न खोजे । उनको भनाइ के थियो होला ?
त्यो अनुमानभन्दा परको विषय थियो । तर जतिबेला टिम दस खेलाडीमा सीमित भयो, थ्री-स्टारले पहिलेको तुलनामा राम्रो खेल्यो । 'पहिलो हाफमा हाम्रो खेल मिलेकै थिएन,' थ्री-स्टारका प्रशिक्षक अञ्जन केसीले भने, 'त्यसपछि भने खेल हाम्रो पकडमा आयो । हाम्रा खेलाडीले दस खेलाडीमा सीमित हुँदा दबाब हुन सक्ने स्थिति बुझेर
आपmनो जिम्मेवारी राम्रोसँग निभाए ।'
पहिलो हाफमा खासै केही भएको थिएन भने दोस्रो हाफ केही हदसम्म रोमाञ्चक रह्यो । र, दोस्रो हाफ रह्यो, गुमाएको अवसरको कथा । आर्मीका टंक बस्नेतले ६१ औं मिनेटमा गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । लगत्तै थ्री-स्टार कप्तान सागर थापाले उत्कृष्ट डाइभिङ हेडमा आक्रमणको प्रयास त गरे, त्यसले पोस्टको दिशा लिन सकेन ।
खेलको अन्त्यतिर थ्री-स्टारकै पिटरको प्रहार आर्मीको पोस्टमा लागेर फर्केको थियो । त्यस रिबाउन्डमा सागरले फेरि हेड गरे, यसपल्ट भने त्यसलाई नियन्त्रणमा लिन आर्मी गोलरक्षक विकेश ठीक समयमा ठीक ठाउँमा थिए । दोस्रो हाफको इन्ज्युरी समय ६ मिनेटको थियो र त्यसमा थ्री-स्टारले लगातार आक्रमण बुनेको थियो । खेलको अन्तिम क्षणमा थ्री-स्टारका विक्रम लामाको प्रहार गोललाइनबाट हिरण्य मगरले जोगाए ।
'बराबरी हाम्रा लागि चित्त बुझाउनुपर्ने नतिजा रह्यो,' आर्मीका प्रशिक्षक मेघराज
केसीले प्रतिक्रिया दिए । सम्भवतः
आपmनो पूर्वक्लबविरुद्ध प्राप्त बराबरीमा उनी खुसी थिए । बराबरीले थ्री-स्टार तीन खेलमा सात अंकसहित शीर्षस्थानमै रह्यो । आर्मीको भने दोस्रो बराबरीपछि तीन खेलबाट पाँच अंक रह्यो । तर प्रशिक्षक केसी के मान्न तयार भएनन् भने थ्री-स्टार लिग उपाधिको बलियो दाबेदार हो ।
उनको नजरमा यसपल्टको राष्ट्रिय लिगमा एपीएफ र झापा बलिया टिम हुन्, उपाधिको प्रबल दाबेदारका रूपमा । आर्मी प्रशिक्षक केसीको त्यस दाबीमा अरूको सहमति अथवा असहमति जे भए पनि उनले के मान्नुपर्ने छ भने टिमका प्रमुख खेलाडी भरत खवास लयमा देखिन सकेका छैनन् । पूरा खेल हेरेपछि पनि प्रश्न उठाउनेहरू हुनेछन्, पुराना दिनका भरत कहाँ छन् त ?
राष्ट्रिय लिगमा आइतबार बल नियन्त्रण गर्ने प्रयासमा थ्री-स्टारका सागर थापा -दायाँ) र आर्मीका भरत खवास ।
source - eknatipur,com
0 comments :
Post a Comment