English Edition

सशस्त्र प्रहरी बेसमा आक्रमण

Gaur
रौतहट, - छैटौं दिन सोमबार पनि पनि गौरको जनजीवन समान्य बन्न सकेन । स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन सकेनन् भने बजार ठप्प रह्यो । सदरमुकाममा शान्तिपूर्ण जुलुस प्रदर्शन भए भने गाउँमा दिनभर तनाव भएको छ । 
कार्यालय विस्तारको विरोधमा यहाँ चर्केको आन्दोलनमा 'घुसपैठ' भएको स्थानीय प्रशासनले जनाएको छ । सदरमुकाम गौरबाट ४ किलोमिटर पूर्वस्थित सशस्त्र प्रहरीको बेलबिछुवा बेसमा सोमबार आक्रमण प्रयास भएको छ । मुखमा मास्क लगाएर आएका आक्रमणकारी सुरुमा ढुंगामुढा गरेर भागेका थिए ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल हजमिनियाका एसपी विदुर खडकाका अनुसार त्यसपछि पनि अनुहार छोपेर आएकाहरूले ढुंगामुढाका साथै पेट्रोल बम प्रहार गरेपछि कार्यालयको छानामा आगो लागेको थियो । 'बेसबाट २ सय मिटर दक्षिणस्थित भारतको नवरतन टोलनजिकको बाँसको झाडीबाट हवाई फायर गरेपछि तनाव भयो,' उनले भने, 'सीमा क्षेत्रको दशगजामा लुकेर बसेका स्थानीयले हवाई फायर गरेका थिए ।' 
आगजनी प्रयास भएपछि सशस्त्रले ३ राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि आक्रमणकारी भागेका थिए । घटनापछि सीमा क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । 'मास्क' लगाएर बेसमा ढुंगामुढा गर्नेविरुद्ध त्यहाँका केही स्थानीयले प्रतिकार गरेका थिए । घटनापछि प्रहरी उपरीक्षक (एसपी) सानुबाबु थपलियाले भारतको सीतामाढीका प्रहरी प्रमुख एसपी अमितकुमारसँग छलफल गरेका थिए । 
चन्द्रनिगाहपुरमा आन्दोलन सुरु
कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरमा बिद्यार्थी सघर्ष समितिले सयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरी बिरोध प्रर्दशन गरेका छन् । सरकारले निर्णय लागू नगरे कडा आन्दोलनको चेतावनी बिद्यार्थीले दिएका छन् ।
ठक्करबाट मृत्यु भएकालाई सहिद घोषणा गर्न माग
शसस्त्र प्रहरीको सबारीको ठक्करबाट मृत्यु भएका रामअशिष ठाकुरलाई सहिद घोषणा नगरेसम्म अन्य मागका बारेमा छलफल अघि नबढाउने आन्दोलनकारीको अडानपछि आईतबार रातिको वार्ताले कुनै निर्णय लिन सकेन् । मृतक ठाकुरको शव चार दिनदेखि गौर अस्पतालमा छ ।
सदरमुकाम गौरबाट कार्यायल बिस्तारको बिरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीको झडपले स्थिति तनाबपूर्ण बनेपछि सरकारले सेवा केन्द्र फिर्ता लिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि पनि यहाँ आन्दोलन रोकिएको छैन् । 
वार्ताका लागि आइतबार गौर आएका आएका क्षेत्रिय प्रशासक रामकुमार आचार्यसहितको टोली बाटोको अबरोधका कारण सदरमुकाम आउन नसकेपछि हेलिकप्टरमार्फत आएका थिए । क्षेत्रिय प्रशासकसहित नेपाल प्रहरीका अतिरिक्त नायब महानिरीक्षक (एआईजी) गणेश राई र शसस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) केके तमाङ्ग सहितको टोली आईतबार साँझ हेलिकप्टरबाट गौर अाएका थिए । राति १० बजेबाट  सुरु भएको बार्ता अढाई घण्टा चलेर बिना निष्कर्ष टुङ्गएिको थियो । 
'आन्दोलनकारीको मागका बारेमा हदै लचिलो भएका हौ', प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, 'उनीहरु आफ्ना मागबाट अलिकति पनि पछि नहटेकाले निष्कर्षमा पुग्न नसकेको हो ।' आन्दोलनकारीहरु ठाकुरलाई सरकारले शहिद घोषणा गरेमात्र पुन वार्तामा बस्ने अडान राखेर बाहिरिएका थिए । 
'सरकारी पक्षले सम्बोधन गर्ने सोच बनाएन', वार्तामा सहभागी फोम लोकतान्त्रिकका अजय गुप्ताले भने, 'कम्तिमा सहिद घोषणा गरियो भने मात्रै वार्ताको वातावरण बन्न सक्छ ।' 
'हामीले आफ्ना मागहरु सरकारी टोलीसमक्ष राखिसकेको छौ', गुप्ताले भने, 'अब पूरा गर्ने काम राज्यको हो ।' आन्दोलनकारीले अस्पतालमा रहेको मृतक ठाकुरको शवलाई सोमबार नगरपरिक्रमण गराउने भएका छन् । 
प्रधानमन्त्रीको कार्यालयबाट सेवा केन्द्र विस्तारको निर्णय फिर्ताको पत्र आएको राति सवारीको ठक्करबाट ठाकुरको मृत्यु भएको थियो । आन्दोलनकारीले यही बिषयलाई लिएर आन्दोलन सुरु गरेका छन् । उनीहरुले ठाकुरलाई सहिद घोषणा, उनका परिवारका एक सदस्यलाई रोजगारी, उचित क्षतिपूर्ति, प्रहरी ज्यादतिको छानविन चन्द्रनिगाहपुरमा भएको सरकारीका कार्यालय सदरमुकाममा ल्याउनुपर्ने लगाएतको माग अघि सारेका छन् । 

सरकारी वार्ता टोलीले आन्दोलनकारीका मागका बारेमा माथिल्लो निकायमा जानकारी गराउने जनाएको छ ।
source ekantipur,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment