English Edition

मिस पूर्वाञ्चलका सहभागीले प्रतिभा देखाए

मिस पुर्वाञ्चल २०१५ मा सहभागी सुन्दरीहरुले बुधबार आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगर स्थित गुरुकुलमा भएको नारायण स्टोर मिस ट्यालेण्ट सोमा   उपाधिका होडमा रहेका सहभागीहरुले प्रतिभा प्रस्तुत  गरेका  हुन् । मिस पुर्वाञ्चलको उपाधीको होडमा रहेका अधिकांश सहभागीहरुले नृत्य प्रस्तुत  गरेका थिए भने दूइ जनाले  गायन र  एक जनाले वक्तृत्व कला प्रस्तुत गरेका थिए । सहभागी मध्ये प्रियंका श्रेष्ठले बक्तृत्व कला प्रस्तुत गरेकी थिइन भने पुजा खड्काले गीत प्रस्तुत गरेकी थिइन । 
स्मिता थापाले विथ योर लभ बोलको अंग्रेजी गित प्रस्तुत गरिन् भने सरुपा थापा मगरले माइतीघर बोलको गितमा नृत्य प्रस्तुत गरिन् । त्यसैगरि स्मृती श्रेष्ठले सानु माया वोलको गितमा आफ्नो नृत्य कौशलता प्रस्तुत गरेकी थिइन भने मिसाल श्रेष्ठले नेपाली मिक्स गितमा नृत्य गरिन् ।  के को माला वोलको मारुनी भाकामा विद्या चौहानले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिन् भने सामुना लिम्बुले बारुले कम्बर वोलको गितमा नृत्य गरेकी थिइन् । त्यस्तै सञ्जु मल्ल ठकुरीले मलाई पुगेन वोलको गितमा , साइरा मगरले वोम वोम वोलको अंग्रेजी गितमा आफ्नो कौशलता देखाएकी थिइन् । यता प्रमिसा बज्राचार्यले शास्त्रिय नृत्य गरिन् भने अनु राईले हिपहप गितमा आफ्नो कला प्रस्तुत गरेकी थिइन । लोटस चाम्लिङले झ्याउरे भाकामा नृत्य प्रस्तुत गर्दा अनिता थापले भने बनमा फुल्यो फुल बोलको गितमा नृत्य गरेकी थिइन् ।  ट्यालेण्ट सोमा उत्कृष्ट प्रस्तुती दिने विजेतालाई  आगामी चैत्र २७ गते धरानमा हुने प्रतियोगिताको फाइनलका विजेतासँगै नगद ७ हजार र उपहार प्रदान गरिने छ । नारायण स्टोर मिस ट्यालेण्ट सोको निर्णाएक हरुमा भने गायकहरु सुमित खड्का , सपन श्रेष्ठ र एपी शेर्पा तथा एनआरएन हङकङका सल्लाहकार धन थापा , नृत्य निर्देशक देवराज खड्का, साउण्ड इञ्जिनियर सुन्दर श्रेष्ठ रहेका थिए । 
शनिबार होटल एसोसिएसन भेडेटारको संयोजनमा धनकुटाको नाम्जेमा  सञ्चालनमा रहेको होमस्टेको प्रर्बद्धन गर्ने उद्देश्यले मिस पुर्वाञ्चलका फाइनलिष्टहरुको एक दिने होमस्टे कार्यक्रम गरिने आयोजकले जनाएको छ । साथै धरानमा यामाहा स्कुटी र्याली ,पर्यटकीय तथा धार्मीक क्षेत्रका सरसफाई र जेब्रा क्रसिङ निमार्ण लगाएतका कार्यक्रम गरिने प्रतियोगिताका संयोजक लक्ष्मण श्रेष्ठले वताए । प्रतियोगितामा सुनसरी मोरङ झापा उदपुर लगाएतका जिल्लाका १४ जना सहभागी रहेका छन् । 
  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment