English Edition

धुर्मुस, सुन्तली र पशुपतिका साथ गायक प्रमोद अमेरिका (फाेटाे सहित)


बाल्टीमोर, अमेरिका - चर्चित हास्यकलाकारहरु धुर्मुस र सुन्तलीका साथ लोक गायक पशुपति शर्मा र आधुनिक गायक प्रमोद खरेलको टोलि आज अमेरिका आइपुगेको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर शहरमा कलाकारहरुको टोलिलाई अमेरिकामा स्थानीय आयोजकहरुको टोलिले स्वागत गरेको थियो । अमेरिकाको विभिन्न राज्यहरुमा आफ्नो प्रस्तुती गर्न आएका कलाकार झन्डै २ महिना अमेरिकामा रहने आयोजक बुद्दि प्रसाद रेग्मीले द नेपाल टुडेलाई बताउनु भएको थियो । अमेरिका ओर्ले पछि सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)ले भने हाम्रो अमेरिकाको भ्रमण पहिलो भएकोले हामी निकै उत्साहित भएका छौ l नेपाली समुदायले हामीलाई देखाएको माया ,सद्भाव र कलाकारहरुलाई दिएको सम्मान प्रति हामी हर्षित छौ l बिदेशी माटोमा नेपाली समुदायसंग भेटघाट गर्न पाउनु र व्यस्त जीवनमा चलेको अमेरिकन दैनिकीमा हाम्रो कार्यक्रम हेर्न नेपाली समुदायले समय व्यवस्था गर्नु भनेको हाम्रो लागि अहोभाग्य हो भनि सीताराम कट्टेल तथा कुन्जना घिमिरेले विमानस्थलमा प्रफुल्ल मुद्रामा भने l साथै कट्टेलले हामी जुन उद्धेश्यले हामी आएका छौ हामी कुनै कसर छोड्ने छैनौ l मनोरंजन प्रदान गर्नु हाम्रो परम दायित्व हो भन्दै सबै नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने विश्वास लागेको बताए l
२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो बिबिध प्रतिभा देखाउने भएका छन् l
कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् l
उक्त कार्यक्रम सर्ब प्रथम भर्जिनियामा अप्रिल ४ तारिखमा नोवा कलेजमा सामुदायिक समूहको आयोजनामा हुने भएको छ l कार्यक्रम बोस्टन , हुस्टन ,डलास ,अस्टिन ,न्यु योर्क ,सिकागो ,नेब्रास्का ,बाल्टिमोर ,नर्थ क्यारोलिना ,कोलोराडो , सन् फ्रान्सिस्को , सेन्ट लुईस ,पोर्टल्याण्ड ,सियाटल , लास एन्जेलस लगायत करिब दुई दर्जन भन्दा ज्यादा कार्यक्रमहरु बिभिन्न शहरहरुमा प्रस्तुत गरिने निश्चित भएको छ l
कलाकारहरु करिब सवा दुई महिना सम्म अमेरिकामा रहने भएका छन् l कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो साथै कार्यक्रमबाट संचित रकम नेपाल फर्के पछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l







Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment