फ्रेन्च नागरिक अरोर र एड्रियन भेइलले नेपालमा खिचेको डकुमेन्ट्री र फोटाहरुको प्रदर्शनी हुने भएको छ । हिमाली भेगमा अभ्यास गर्ने तीन जना धामीहरुको जीवनशैली समेटिएको ‘थ्रि सामन्स’ नामक डकुमेन्ट्री आउँदो शनिबार फ्रान्सेली केन्द्रले प्रदर्शन गर्न लागेको हो । फिल्मको प्रदर्शनीपछि दर्शकले डकुमेन्ट्रीका सम्बन्धमा अन्तक्र्रिया पनि गर्न पाउनेछन् । डकुमेन्ट्रीका पात्र धामी उत्तमबहादुर तामाङ पनि अन्तरकृयामा सहभागी हुने आयोजकले जनाएको छ ।
डकुमेन्ट्रीमा तीन धामीले मानिसको उपचारका लागि प्रयोग गर्ने फरकफरक विधि, शैली र कथालाई समेटेको छ । कथा भन्नलाई भ्वाइस ओभर र अन्तर्वाताको विधि प्रयोग गरिएको छैन । १२० घन्टा खिचिएको फुटेजलाई ८० मिनेटमा सीमित गरिएको छ ।फ्रान्सेली केन्द्रले आउँदो बिहीबार भने ‘वुमन अफ दि माउन्टेन्स’ शीर्षकको डकुमेन्ट्री देखाउने भएको छ । मार्टिने ब्रेउलायडले सन् २००९ र २०१३ मा गरेको नेपाल भ्रमणका अवसरमा खिचिएको डकुमेन्ट्रीमा तीन क्षेत्री दिदीबहिनीले महिला सशक्तिकरणमा खेलको भूमिकालाई विषय बनाइएको छ । उक्त फिल्मको प्रदर्शनीपछि पनि दर्शकले निर्देशकसँग अन्तक्र्रियाको अवसर पाउनेछन् । दुवै फिल्मको प्रदर्शनीमा निःशुल्क प्रवेश दिइनेछ ।
0 comments :
Post a Comment