English Edition

६ माओवादी सडकमा


bd}bcpकाठमाण्डौ चैत्र २३ । द्वन्द्वकालीन घटनाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा एमाओवादीसहितका ६ माओवादी सडकमा उत्रिदैछन् । एमाओबादी मोहन बैद्य नेतृत्वको नेकपा माओबादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपमा े माओवादीसहितका ६ दलले संयुक्त रुपमा आज देशभर प्रदर्शन गर्न लागेका छन् । ।
केही बेर पछि उनिहरुले राजधानीमा बबरमहल स्थित काठमाडौंको जिल्ला अदालतबाट विरोध संयुक्त र्‍याली निकाल्दैछन् ।
सर्वोच्चले हालै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐनमा रहेको आम माफी सम्बन्धी प्रावधान खारेज गर्नुका साथै नियमित अदालती प्रक्रियामा रहेका द्धन्दकालीन मुद्धाहरु सत्य निरुपणमा नलैजाने फैसाल गरेको थियो ।
६ माओवादीले सर्वोच्चको फैसला शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत भएको भन्दै खारेजको माग गरेका छन् ।
यस्तै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज बस्दै छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह ४ बजे बस्ने बैठकमा पर्सी २४ गते देखि ३ दिन सम्म आह्वान गरेको आम हड्तालको विषयमा छलफल हुने छ ।
काग्रेस एमालेका सभासद्हरु प्रक्रियाबाट संविधान ल्याउने तयारी गरेपछि सडक आन्दोलन मा होमीएको वीपक्षी मोर्चासंग १५० सभासद् छन् ।
सत्तारुढ दलहरुले संविधानसभामा सुरु गरेको बहुमतीय प्रक्रिया खारेज गरी सहमतिमा संविधान निर्माण गर्ने वातावरण माग गर्दै पहिलो चरणको आन्दोलन गरिसकेको मोर्चाले अहिले दोश्रो चरणको आन्दोलन गरिरहेको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment