English Edition

लक्ष्य फिल्मको शुभमुर्हत

मिलन आलेमगरको निर्देशनमा लक्ष्य नामक फिल्म निर्माण हुने भएको छ । ओमलाल गुरुङ र किरणकुमारी गुरुङ निर्माता रहेको फिल्मको शनिबार नेपाल सांस्कृतिक संघ, डिल्ली बजारमा प्रेसमिट गरि औपचारिक रुपमा घोषणा गरियो ।
शनिबार बिहान कमलादि गणेश थानमा पूजाआजा गरि शुमसाइत छोपीएको फिल्मको सुटिङ १० बैशाखबाट सुरु हुनेछ । कार्यक्रममा निर्देशक मिलनले फिल्म लक्ष्य प्राप्तिका लागि मान्छेले कस्तो र कतिसम्म संघर्ष गर्न सक्छ भन्ने कथामा निर्माण हुन लागेको जानकारी दिए । उनले फिल्म पूर्ण मनोरञ्जक भएको समेत जनाए । 
बरिष्ट अभिनेता, निर्देशक रमेश बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा, बरिष्ट गीतकार डा. कृष्णहरि बराल, एसएसपी कृष्णहरि गौतम, कुटुम्ब फिल्मका निर्माता सूर्यमान घले, द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, कलाकार उत्तम केसीलगायतले लक्ष्यको सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अथिति बुढाथोकीले पछिल्लो समय नेपाली फिल्मको माहौल राम्रो हुदै गएकाले आशावादी भएको बताउदै लक्ष्यको सफलताको कामना गरे । 
संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रम निर्माता ओमलाल गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष इन्द्रबहादुर थिङ, छन्तेल समाजका निर्वतमान अध्यक्ष थमबहादुर छन्तेललगायतका अथिति उपस्थिति थिए । निर्माता गुरुङले फिल्म आफ्नो लागि नौलो क्षेत्र भएकाले निकै रमाइलो लागीरहेको बताए । 
सुशील पंगेनीको लेखन रहेको लक्ष्यमा सबिन श्रेष्ठ, अनु शाह, भानु प्रताप, रश्मी भट्ट, उत्तम केसी, सारिका केसी,सुरेन बसेल, निरु महरा, कमल आले, बिमल नेपालीलगायतका कलाकारले अभिनय गर्दैछन् । अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत रहेको फिल्ममा डा. कृष्णहरि बराल, सुशील पंगेनीलगायतको गीत छ । सुमन तण्डुकारले खिच्ने फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी र हिमाल केसीले द्धन्द्ध निर्देशन गर्दैछन् । फिल्म लम्जुङ र काठमाडौंमा खिचीने निर्देशक मिलनले बताएका छन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment