"हाम्रो अभियान लोक संस्कृतिको संरक्षण,श्रष्टा सम्मान र नव प्रतिभा प्रोत्साहन्" भन्ने मूल उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ले आयोजना गरेको दोहोरी गित प्रतियोगिताको लागी लोक दोहेरी गायिका संगिता थापा मगरले नगद ४५ हजार सहयोग गर्नु भएको छ । प्रतियोगीतामा सहभागि नयाँ प्रतिभाको प्रोत्साहनको लागि रकम सहयोग गरेको गायिका थापा मगरले बताउनुभयो । स्याड़्जा जिल्ला सेखाम गाऊ बिकास समितीमा बस्ने बुबा हेम बहादुर थापा र आमा जिना कुमारी थापा को कोख बाट जन्मिएकि चर्चित लोक दोहोरी गायिका संगिता थापा मगर यस प्रतिस्ठानको आजिबन सदस्य सम्म रहनु भएको छ।
उहाँले गाउनुभएका दर्जनौ गीतहरू निकै चर्चित रहेका छन, ति मध्ये सम्झिदा मन रून्छ, तोड्बा पिए पछि,आखै प्यारो छ,बिचल्लि मा परे, चोलि सिउने सियो, कत्ति मिठो हासो, तानसेनैको हावा ले, तिजैमा लाऊने तिलरि माला जस्ता गित ले संगिता लाई चर्चा को शिखरमा पुर्याउन सफल भएको हो।
प्रत्यक्ष दोहोरी गाउन खप्पिस संगिता देश मा मात्र नभई बिदेशको हरेक कुना कुना मा पुग्न सफल भएकि छिन जसको कारण यो क्षेत्रमा संगितालाई स्टेज क्वीन भनेर चिन्ने गरिन्छ गायिका संगिताको गित गाउने शैलिले नेपाली दर्शक श्रोताहरुलाइ नचाउने, झुलाऊने गरेको पाइन्छ१ पछिल्लो समय मा स्टेजको लागी सर्वाधिक नेपाली को मन मुटुमा बस्न सफल गायिका संगिता थापा मगर नै मानिन्छ।
छोटो समय मैं स्टेज मा अत्याधिक चर्चा बटुल्न सफल गायिका थापा मगर नै हुन जो खुबि अरू कलाकारमा कमै भेटिन्छ। हिजो आज अमेरिकाको बिभिन्न शहरहरुको सांगीतिक कार्यक्रममा ब्यस्त संगिता ले पनि हरेक स्टेज शो बाट आएको केहि रकम समाजमा रहेका हरेक किसिमका विकास निर्माणका काम, गरिब असहाय, तथा लोक सस्कृतीको जगेर्नाको लागि सहयोग गर्दै आउनुभएको छ ।

0 comments :
Post a Comment