दमौली २४ चैत । तनहुँको चोकचिसापानी गाविस पुख्यौली घर भई हाल रोजगारीको सिलसिलामा मकाउमा रहेका अम्बिर जोशी सयौं हातहरुको आजिवन सदस्य बनेका छन् ।जोशीले आजिवन सदस्य वापतको ५ हजार रुपैयाँ दमौली स्थित सिटी डेभलपमेन्टको बैकको खातामा पठाइदिएका छन् । जोशी विगत १२ बर्ष देखि रोजगारीको सिलसिलामा मकाउमा रहेका छन् ।नेपाली जनसम्पर्क समिति मकाउको सभापति समेत रहेका जोशी सयौं हातहरुको अभियानबाट प्रभावित भएर आजीवन सदस्य बनेको बताउँछन् ।खासगरी संस्थाले शिक्षा ,स्वास्थ्य र विकासको निर्माणको क्षेत्रमा सहयोग पुरयाउने अभियानबाट आफू प्रभावित भएको जोशीको भनाई रहेको छ ।जोशी सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा बुबा प्रेमदत्त जोशी र आमा शान्तादेवी जोशीबाट मिलेको बताउँछन् ।नेपालमा रहँदा समेत आफू र आफ्नो परिवारको सदस्यबाट विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुरयाउँदै आएको जोशी बताउँछन् ।
जोशी नेपाल फर्किएपछि पनि सामाजिक र राजनीतिक क्षेत्रमा आवद्ध भएर सामाजिक सेवामा लाग्ने आफ्नो योजना रहेको बताउँछन् । जोशी राजनीतिक हिसाबमा नेपाली काग्रेस निकट रहेका छन् । उनी विद्यार्थी काल देखि राजनीतिमा सक्रिय रहेका थिए ।लम्जुङगको वीरभक्ति उच्च माध्यमिक शिक्षा हासिल गरेका जोशीले चितवनको विरेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् ।
जोशी सयौं हातहरुको आजीवन सदस्य बनेकोमा संस्थाले जोशीलाई धन्यवाद ज्ञापन गरिएको संस्थाका अध्यक्ष डम्बर अधिकारीले बताएका छन् ।अध्यक्ष अधिकारीका अनुसार सयौं हातहरुको साधारण सदस्य र आजिवन सदस्यबाट संकलन भएको रकम शिक्षा ,स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा राज्यले ध्यान दिन नसकेको स्थानमा हस्तान्तरण गरिनेछ ।अधिकारीका अनुसार संस्थाले हालसम्म व्यास ८ चापाघाट स्थित जेष्ठ नागरिक आश्रममका बृद्धबृद्धाहरुलाई करिब १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ भने अन्य सहयोगको तयारीमा रहेको छ ।यो संस्थामा आवद्ध हुन चाहनेले साधारण सदस्य वापत वार्षिक एक हजार र आजिवन सदस्य वापत रु ५ हजार बुझाउनु पर्ने संस्थाले जनाएको छ ।
0 comments :
Post a Comment