सन् २०१२ मा एक व्यापारीलाई ताज होटलमा कुटपिट गरेको आरोप लागेका बलिउड अभिनेता सैफ अलि खान सोमबार बयानका लागि महानगरिय मेजिस्ट्रेट अदालतमा उपस्थित हुँदैं छन्। उद्धोगपति इकबाल मीर शर्माले सन् २०१२को २२ फरवरीमा सैफ तथा उनका साथीहरु बिलाल अमरोही तथा शक्केल लदाकले कुटपिट गरेको उजुरी दिएका थिए। उजुरीपछि उनीहरुलाई प्रहरीले गिर्फतार गरेको थियो। उनीहरु पछि जमानतमा छुटेका थिए। अदालतले उनी र उनका साथी विरुद्द धारा ३२५ अनुसार मुद्दा दर्ता गरेको थियो। घटना भएको समयमा सैफसँग उनकी पत्नी करिना कपुर, करिष्मा कपुर, मलाइका अरोरा खान, अमृता अरोरा तथा अन्य साथी उपस्थित थिए।
सेतोपाटी बाट
0 comments :
Post a Comment