English Edition

नेपथ्य विभिन्न देशको यात्रासँगै दुबईमा

दुबई,  शान्ति र शिक्षाको लागि सन्देश लिएर सांगीतिक यात्रामा निस्कने लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य विभिन्न देशको यात्रासँगै दुबईमा पनि सांगीतिक कार्यक्रमको लागि आउने भएको छ । आगामी मे २१ तारिखका दिन हुने कार्यक्रममा नेपथ्य दुबई आउन लागेको हो ।नेपथ्यले यसअघि भारत, अष्ट्रेलिया, बेलायतलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ । दुई नेपाली युवा जस पाइजा र राजन अधिकारीको प्रयासमा युएइमा ब्याण्ड आउने चाजोपाजो मिलेको हो ।
नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अल नासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा ९ सदस्यहरु टोली आउने आयोजक राजन अधिकारीले बताए ।
लोकरकको क्षेत्रमा नया ट्रेण्ड सेट गर्दै नेपथ्य सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । विश्व चर्चित सांगीतिक मञ्च वेम्बलीमा सांगीतिक प्रस्तुति समेत नेपथ्यले दिएको थियो ।
ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । सङ्गीतयात्राबाट उठेको रकम युद्ध प्रभावित क्षेत्रका विद्यालयको पूर्वाधार विकासमा सहयोग गरेको यो समूहले माओवादी ‘जनयुद्ध’ का बेला नेपालीले भोग्नुपरेको पीडालाई घटना एल्बममार्फत् सांगीतिक आकार दिएको छ ।
घटनाको ‘डकुमेन्ट्री’ समेत बनाएर नेपालीको युद्ध भोगाइलाई देशविदेशसम्म पुर्याएको थियो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment