English Edition

चलचित्र कोहिनूरको वाल्टिमोरमा प्रदर्शन सम्पन्न

वाल्टिमोर, अप्रील १९ , २०१५ | वाल्टिमोरमा नेपाली कथानाक चलचित्र कोहिनूरको प्रदर्शन सम्पन्न भयो स्वर्गीय नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ प्रति मिनेट मौनधारण गरि कार्यक्रम शुरू गरिएको थियो चलचित्रकी अभिनेत्री तथा निर्माता स्वेता खड्का, महावाणिज्य दुत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ , वानाका अध्यक्ष कुलमणि आचार्य तथा पूवं अध्यक्षद्वय मोहन थापा विजय श्रेष्ठ, प्रवासी नेपाली मन्च अमेरिकाको केन्द्रिय महासचिव प्रभु थापा, नेपाली चलचित्र अभिनेत्रि पुजा चन्द, अरुणिमा लम्साल, सारंगा लगाएत वाल्टिमोरमा रहेका कला संस्कृति प्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ नायिका स्वेता खड्काले नायक तथा निर्माता श्रीकृष्णको वारेमा चलचित्र कोहिनूरको वारेमा मन्तव्य राख्दा सम्पूर्ण दर्शकहरूको आखावाट आंशु वगिरहेको थियो उनले मन्तव्यका  क्रममा नायक श्रीकूष्णाले हरपल आफूलाई अगाडि प्रेरित गरिरहेको तपाई सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूको मायाले मात्र आफू वाचिरहेको कुरा वताउनु भयो महावाणिज्य दुत प्रेम राजा महतले श्रीकूष्ण श्रेष्ठ आफू दुबै जना सग्गै वसन्त श्रेष्ठकोमा नूत्य सिकेको आफू गायन क्षेत्रमा श्रीकूष्ण अभिनय क्षेत्रमा लागेको कुरा वताउनु भयो चलचित्र चेतनामूलक तथा नेपाली समाजमा आफ्नै चेलिवेटीहरूलाई पैसा ,पहुँचवाला नेता प्रहरि अफिसरहरूको मिलोमोतोमा भारतिय कोठिहरूमा कसरि नरकिय जीवन विताउन वाध्य पारिन्छ भन्ने कुरालाई प्रष्ट पारिएको कायंक्रमको शुरूमा आयोजक अनुसुया वन्त तथा ध्रुव वन्तले नायिका स्वेता खड्का तथा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई फुलको गुच्छा दिएर वाल्टिमोरमा स्वागत गर्नु भएको थियो उपस्थित दर्शकहरुले चलचित्र धेरै राम्रो भएको बताएका थिए |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment