काठमाण्डौ चैत्र १८ । सिचुआन एयरलाइन्सले आजबाट काठमाडौंका लागि पहिलो उडान गर्दै छ । सिचुआन एयरलाइन्सको जहाजले अहिले केहीबेर पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणन गर्ने भएको हो । सिचुआनले चीनको सिचुआन प्रान्तको राजधानी छेङदुलाई नेपालको राजधानी काठमाडौंसँग सीधा उडानमार्फत जोडने छ । सिचुआनको ‘एयरबस ए ३१९’ काठमाडौं उडानका क्रममा अहिले हिमालयन रुट प्रयोग गर्ने एयरलाइन्सको जहाज चीनको ल्हासा तथा स्वशासित क्षेत्र तिब्बत हुदै नेपाल आउन लागेको हो । सिचुवान चीन–नेपाल सीधा उडान गर्ने चौथो विमान सेवा कम्पनी हो । सिचुवानको जहाजले दैनिक एक उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान अनुमति पाएको छ । नेपालमा दैनिक उडान गर्ने यस एयरलाइन्सले छेङदु–काठमाडौंका लागि एकतर्फी भाडा करबाहेक १ हजार ७ सय युआन तोकेको छ । दुईतर्फी भाडा भने १ हजार ५ सय युआन निर्धारण गरिएको एयरलाइन्सले जानकारी दिएको छ । उडानका क्रममा एयरलाइन्समा यात्रारत यात्रुले विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेत अवलोकन गर्नसक्ने बताएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment