English Edition

'छवी जी बुवा जस्तै मान्छे हो' - शिल्पा पोखरेल

 (सेलिब्रेटी गफगाफ)
आजकल के गर्दै हुनुहुन्छ ? 
अहिले त फिल्म ‘हवल्दार सुन्तली’ को प्रमोशनमा नै ब्यस्थ छु ।  फिल्मको मिती नजिकिदै छ त्यसैले फिल्मको कामहरुमा नै ब्यस्थ छु । पत्रकारहरु भेटघाट र फिल्मको प्रमोशनका लागि थप के कस्ता कुराहरु गर्न सकिन्छु भन्ने मा नै लागिपरेकी छु ।  
कस्तो कथामा आधारित छ ‘हवल्दार सुन्तली’ ?
‘हवल्दार सुन्तली’ एउटा पारिवारिक कथा बोकेको, सबै वर्गले हेर्न मिल्ने फिल्म हो । यो सुन्तली धामीको बलत्कारको बिषयमा आधारित रहेर बनाइएको फिल्म हो । सुन्तली धामीले आफनो इज्जत लुटिएर न्यायको लागि बिभिन्न ठाउँमा जादाँ पनि न्याय नपाएको । उसले न्याय पाउनका कस्तो सर्घष गर्नु परेको थियो भन्ने कथा फिल्ममा देखाउन खोजिएको छ ।  
कति वर्ष हुनुभयो ? 
म अहिले २३ वर्ष भए ।
तपाई प्राय चर्चामा आइरहनु हुन्छ, कहिले छवी जी सँग त कहिले छोटा कपडाले , किन ?
यो फिल्मी लाइन नै यस्तै हो । हामी कलाकारहरुलाई सानो रुघा मात्र लाग्यो भने पनि बाहिर ठुलो हल्ला हुन्छ । अब छवी जी सँग नाम जोडिएको चाही एकदमै गलत हो उहाँ मेरो बुवा सम्मान मान्छे । मैले कसरी उहाँँसँग बिहे गर्छु होला । छोटा कपडा चाही मान्छेको नजरको कुरा हो । अब मलाई जुन कपडा मन पर्छ त्यही कपडा लगाउने हो । हेर्नको लागि मान्छेले जुन दिशा बाट पनि त हेर्न सक्छन् नी । मान्छेले कुरा काट्छन् भनेर मैले आफुले चाहेको जस्तो कपडा पनि लगाउन नपाउने । 
तपाई र छवी ओझा बिच प्रेमको चर्चा पनि निकै सुनियो नी ? 
चर्चा सुन्नु सामान्य कुरा हो । फिल्मी क्षेत्रमा यस्ता खाले हल्ला त धेरै हुन्छन् । म हल्लाको पछि कहिले पनि लाग्दिन । यस्तो चर्चा गर्ने मान्छेहरुले मलाई आएर सोधनु नी । सत्य कुरा के हो भनेर । 
बिवाहकै कुरा पनि त चलेको थियो नी ?
रेखा जी सँग शुरुमा विवाह भएको हुनाले मैले पनि बिवाह गर्न लागे भनेर हल्ला चलेको हो । तर हाम्रो भेट कामको सिलसिलामा अफिसमा मात्र हुन्छ । हामी दुई सँग जो जो अफिसमा आएर कुरा गर्नुहुन्छ उहाँँहरुले यो त हल्ला मात्र रहेछ भन्नु भएको छ । 
छवी जी बाट तपाईलाई बिवाहको प्रस्ताव आयो भने के गर्नु हुन्छ ? 
यो एकदमै नहुने कुरा हो । म उहाँलाई आफनो ड्याडि जस्तो मान्छु र उहाँबाट यस्तो प्रस्ताव आउँछ भन्ने म कल्पनै सम्म पनि गर्न सक्दिन । 
छवीजी ले त कुनैबेला तपाईले स्वीकारे हामफालेर पनि जान्छु भन्नुभएको थियो नी त ? 
हो, यो कुरा सुनेर म पनि छक्क परेको थिए । तर पछि थाहा भयो धेरै जनाले उहाँलाई मेरो र उहाँ बिच के सम्बन्ध छ भनेर सोध्दा आफुलाई वाक्क लागेको हुनाले उहाँले यस्तो उत्तर दिनुभएको रहेछ ।  
तपाई त रेखा थापा जस्तै देखिने हुनाले छवीराज ओझाले लिनु भएको रे नी ? 
म यो फिल्म लाइनमा आउनु भन्दा पहिला म्युजिक भिडियोमा काम गर्थे । फिल्ममा मेरो राम्रो अभिनयले गर्दा नै म आज यहाँँ छु । मलाई रेखा थापा जस्तो देखिनु पनि छैन र उनले गर्दा मैले स्थान पाएको पनि होइन । छवीराज ओझाले मेरो अभिनयले गर्दा मलाई लिनु भएको हो । म छवी जी ले गर्दा नै आज यहाँसम्म आइपुगेकी हुँ । 
फिल्मी क्षेत्रमा जम्न नायिकाहरुले धेरै कुराहरुको त्याग र सर्मपण गर्नुपर्छ रे नी हो ? 
वास्तवमा नेपाली फिल्मी क्षेत्र एउटा अच्चम को क्षेत्र हो । यहाँ धेरै शोषित भएर निक्लिएका पनि छन् र धेरै ले यही पेशाबाट नाम पनि कमाएका छन् । आफनो काम गर्ने हो । कसैले के भन्ला मैले यस्तो गरे भनेर सोच्ने होइन । राम्रो काम गर्नेलाई सबैले राम्रो नै भन्छ । अलि अलि दुख वेदना त सहनु पनि पर्छ 
‘हवल्दार सुन्तली’ बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
अरु फिल्ममा भन्दा यो फिल्ममा मैले धेरै मेहिनीत गरेकी छु । मेरो अभिनय पनि फरक खाले छ यसमा । आशा गर्छु मेरो मेहिनीत र मैले गरेको कामलाई दर्शकहरुले रुचाउँनु हुन्छ । 
प्रस्तुति ः सुकृत 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment