नयाँ बर्ष २०७२ को शुभकामना कार्यक्रम लिएर अमेरीका आएको नेपालका कलाकार टोलीलाइ अप्रिल ४ तारीकका दिन बाल्टिमोरमा स्वागत गरीएको छ । कलाकारहरुलाइ स्वागत गर्दै मेरील्यान्ड र पेन्सिलभेनिया राज्यका प्रेमराजा महतले नेपाली कलाकाहरुको बाक्लो उपस्थिती भएको बाल्टिमोर शहरमा नेपालका अहिलेका चर्चित कलाकारहरुको स्वागत गर्न पाउदा अत्यन्त खुशी लागेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रवासी मन्चका महासचिब प्रभु थापाले कलाकारहरुको अमेरीकाका सबै कार्यक्रमहरु पूर्ण सफल बनाउन आफुहरु लागीपर्ने बताउनुभयो । समाजसेवी ज्ञानु रिमाल र प्रेम श्रेष्ठले कलाकारहरु संग आफ्नो अघाध सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ बर्ष धमाका कार्यक्रममा आफुहरुको सहयोग रहने बताउनु भयो । बल्ड बिजनेस म्यानेजमेन्ट एन्ड कन्सलटेन्सको आयोजनामा अमेरीकाका २५ स्थानहरुमा स्थानिय संस्थाहरुसंग मिलेर कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष बुद्धि रेग्मीले बताउनु भयो । कार्यक्रममा बानाका अध्यक्ष कूलमणी आचार्य, पूर्व अध्यक्ष बिजय श्रेष्ठ, संस्थापक अध्यक्ष मोहन थापा, बानाकी बरिष्ठ उपाध्यक्ष अनुशुया वन्त, कलाकार रतन सुबेदी, परशुराम तिमिल्सिना, सिताराम कट्टेल (धुर्मुस) र नेपाल अमेरीका पत्रकार संघका अध्यक्ष गौतम दहाल लगाएतका ब्यक्तिहरुले बिचार राखेका थिए ।
चर्चित गायक प्रमाेद खरेल संग नया बर्ष धमाका २०७२ क्रममा अमेरीका अाएकाे अबसर पारेर हाम्रा साथि सतिस चापागाइले द नेपाल टु डे का लागी गर्नु भएकाे अन्तरवार्ता
चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) नया बर्ष धमाका २०७२ क्रममा अमेरीका अाएकाे अबसर पारेर हाम्रा साथि सतिस चापागाइले द नेपाल टु डे का लागी गर्नु भएकाे अन्तरवार्ता
लाेक तथा दाेहाेरी गायक पशुपती शर्मा नया बर्ष धमाका २०७२ क्रममा अमेरीका अाएकाे अबसर पारेर हाम्रा साथि सतिस चापागाइले द नेपाल टु डे का लागी गर्नु भएकाे अन्तरवार्ता
0 comments :
Post a Comment