
काठमाडौेंस्थित थिएटर मलमा फागुन २८ देखि मञ्चन भइरहेको नाटक ‘सम्बोधी’ आज सकिएको छ । दर्शकको आग्रहमा नाटक ‘सम्बोधी’ एक साता लम्ब्याइएको थियो । पछिल्लो समय महिलामाथि भइरहेका यौन हिंसाका समाचारहरु लगातार आइरहेको बेला मञ्चन भएको ‘सम्बोधी’ नाटकले महिलामाथि हुने घरेलु यौन हिंसाको विषय उठान गरेको छ । राम केएसी को लेखन तथा निर्देशन रहेको यस नाटकले घरभित्रै हुने बलात्कारको घटनालाई समेटेको छ । घरमा आफ्नै भाइबाट बलात्कृत युवती पढाइ जारी राख्न नसकेपछि जबरजस्ती बिहे गराइन्छ । तर आफ्नै ससुराबाट बलात्कृत हुन पुगेपछि उसले अन्तिम उपाय स्वरुप आफूलाई ज्यादै माया गर्ने पतिको हत्या र आफ्नो आत्महत्या जायज ठह¥याउँछे । मैले यो कथा दुई वर्षअघि नै लेख्न सुरु गरेको थिएँ,’ निर्देशक राम केएसीले भने, तर यो नाटक अखबारका हरेक पाना बलात्कारले भरिएको बेला मञ्चन गरिएको हो ।’ चैत्र १४ सम्मको मञ्चनमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया आएको र बुकिङ शोहरु पनि उल्लेख्य भएकाले नियमित मञ्चनको अवधि लम्ब्याइएको बताए कला निर्देशक केदार श्रेष्ठले । नाटकमा नेहा पोखरेल, एना देउजा, एलिजा अधिकारी अमृता खनाल, सुबिना पौडेल, अनिल सुब्बा, बिशाल डोटेल, बिवेक गोपाली लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।




We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment