कुमार कट्टेल, हास्यकलाकार
ढिलो उठ्छु । आउँदो सालबाट चाँडै उठ्ने बानी बसाल्छु । एकदम कम मान्छेको फोन उठाउँछ भन्ने दोष लागेको छ । अब सबैलाई ‘रेस्पोन्स’ गर्छु । जमघटमा ‘सोलमारी’ धेरै जान्छ । त्यसको मात्रा कम गर्छु । भद्रगोललाई अझै स्तरीय बनाउने छु ।
सुनिता दुलाल, गायिका
२०७२ मा विवाह गर्ने पक्कापक्की गरेको छु । अझै राम्रो एल्बम निकाल्नेछु । देशमा संविधान आओस् । शान्ति छाओस् ।
संयम पुरी, नायक
शरीरको बनावट अझै आकर्षक बनाउन थालनी गर्ने भएको छु । नियमित व्यायाम र खानपानमा परहेज गर्नेछु । स्नातक पढ्न सुरु गर्नेछु ।
निश्चल बस्नेत, निर्देशक
एकदम धेरै खान्छु । शरीर फिट राख्न कम खानेछु । अलि ‘प्यासिभ’ छु । अव ‘एक्टिभ’ बन्छु ।
निखिल उप्रेती, नायक
आफ्नै निर्देशनमा रहेको फिल्म ‘भैरब’ रिलिज गर्ने । भरपुर मनोरञ्जन दिने उत्कृष्ट चलचित्र बनाएर विदेश गइरहेको पैसा रोक्ने अठोट लिएको छु ।
दीपाश्री निरौला
जतिसक्दो तौल घटाएर ‘स्लिम’ बन्ने प्रण गरेको छु । त्यसका लागि डाइटिङ गर्नेछु । जिमखाना जानेछु ।
केकी अधिकारी
अझै राम्रो काम गर्दै जाने सोचमा छु । संघसंस्थामा आबद्ध रहेर महिला हिंसाविरुद्ध ‘एक्सन’मा जाने निर्णय गरेको छु ।
निता ढुंगाना
म कहिल्यै पनि संकल्प गर्दिन । जे गर्नु छ आजै गर्ने स्वभावको छु । कुनै साल कुरेर बस्नुपदैन । नराम्रो बानी केही पनि नभएकाले दिमागमा केही पनि आएन ।
प्रियंका कार्की
२०७२ भित्र एउटा ‘हिट’ मुभि दिने संकल्प गरेको छु । नराम्रो काम केही पनि गर्दिन ।
प्रस्तुति ः जीवन पुडासैनी
0 comments :
Post a Comment