English Edition

नर्सिङ कलेजका विद्यार्थीहरु सडकमा

पोखरा, २९ चैत ।
 नर्सिङकी विद्यार्थी ओसिम गुरुङको रहस्यमयी हत्या भएको भन्दै पोखराका नर्सिङ कलेजका विद्यार्थीहरुले विरोध जनाएका छन् । हत्याको सत्यतथ्य छानविनका लागि उनीहरुले पोखरामा आईबार बृहत शान्ति ¥याली निकाले ।पोखरा नर्सिङ कलेजका विद्यार्थीहरुको अगुवाईमा भएको ¥यालीमा स्वतस्फुर्त रुपमा मानिसहरुले सहभागिता जनाएका थिए । विभिन्न नर्सिङ कलेजका विद्यार्थीहरुसँगै, शिक्षकशिक्षिका, संचारकर्मी, मानवअधिकारकर्मीहरु ‘ओसिम हत्याको सत्यतथ्य छानविन हुनुपर्ने’, ‘हत्यारालाई कारबाहि हुनुपर्ने’ जस्ता प्लेकार्डसहित ¥यालीमा सहभागी भएका थिए ।मानवअधिकारचोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक हुँदै शहिदचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा मार्फत ओसिम गुरुङका साथीहरुले प्रशासनलाई चाडो भन्दा चाँडो हत्याको सत्यतथ्य छानविन गर्न दबाब दिए । उनीहरुले पिडकलाई प्रशासन र राजनीतिक पहुँचका आधारमा बचाउने प्रयास भएको भन्दै छानविन नभएको खण्डमा श्रृंखलाबद्धरुपमा आन्दोलनमा जाने चेतावनी दिए ।महिला हिंसा तथा बलात्कार विरुद्धको अभियानका संयोजक सुस्मा पौडेलले घटनाको प्रकृति हेर्दा ओसिमले आत्महत्या नगरि हत्या गरेको जस्तो देखिएकोले छानविन निष्पक्ष रुपमा हुनुपर्नेमा जोड दिईन् । महिलाहरुमाथि पछिल्ला दिनहरुमा यस्ता खाले घटना घटिरहेपनि पिडकलाई उचित कारबाहि नहुँदा समस्या बढ्दै गएको उनले बताईन् । ओसिम लगाएत यस्तै घटनामा पिडित सबैलाई न्याय दिलाउनका लागि आफु र आफ्नो संस्था प्रतिबद्ध रहेको उनले बताईन् ।

नेपाल नर्सिङ संघ कास्कीका उपाध्यक्ष क्षेत्र रोकायाले ओसिमको हत्याले सामाजिक रुपमा धेरै ठुलो क्षति भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना नघटोस् भन्नका लागि पनि दोषीले कडा कारबाहि भोग्नुपर्नेमा जोड दिईन् ।

ओसिमका काका दिपक गुरुङले आफ्नो छोरीको हत्यारालाई कारबाहिको माग गर्दै नर्सिङका विद्यार्थीहरुले गरेको समर्थनप्रति धन्यवाद ज्ञापन गरे । उनले ओसिम हत्याको घटनालाई गृहमन्त्रालयसम्म पु¥याउँदापनि सुनुवाई नभएको भन्दै अझै वृहत आन्दोलन गर्ने चेतावनी दिए । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै उनले उचित न्याय नपाएसम्म ओसिमको लाश नउठाउने निर्णय दोहो¥याए । न्यायिक फैसला नभएको भन्दै ओसिमको परिवारले करिब दुई महिना यता लाश उठाएको छैन ।

कोणसभामा विद्यार्थी संगठनका पदाधिकारीहरुले पनि आन्दोलनमा सघाउने प्रतिबद्धता जनाएका थिए । ओसिमका क्लासमेट प्रतिभा रानाभाट र सुम्निमा लिम्बुले छानविन नभएको खण्डमा अझै ब्यापक दबाबमुलक कार्यक्रमहरु ल्याउने चेतावनी दिए ।
ओसिम गुरुङको माग २ गते मनोज गुरुङ र उनको परिवारले नवलपरासीस्थित रामनगरको घरमा हत्या गरेको आफन्त र साथीभाईहरुले बताएका छन् । मनोजसंग प्रेमसम्बन्ध रहेकी ओसिमको उनै मनोजको घरमा हत्या भएको ओसिमको परिवार र साथीभाईहरुले बताउँदै आएका छन् । यद्यपी मनोजको परिवारले भने आत्महत्या भनेर दाबी गर्दै आएको छ । हत्या आरोपी मनोज गुरुङ यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।





Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment