English Edition

वार्षिकोत्सवमा पृथ्वी सहकारीको तीन दिने सामाजिक कार्यक्रम

रेम बिक 
पोखरा, २९ चैत । तेस्रो वार्षिकोत्सवको अवसर पारेर पृथ्वीचोकस्थित पृथ्वी वचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक कार्यहरु गरेको छ । संस्थाले तीन दिनसम्म छुट्टाछुट्टै कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको जानकारी दिएको छ । 
तीन दिने कार्यक्रम अन्तरगत पहिलो दिन २७ गते संस्थाले सभागृहचोकदेखि पृथ्वीचोकको ट्राफिक प्रहरी विटसम्म सरसफाई कार्यक्रम गरेको थियो । सरसफाई कार्यक्रमका संयोजक समेत रहेका संस्थाका कोषाध्यक्ष कृष्णकुमार मुल्मीले सडकलाई सफा राखौँ भन्ने सन्देश दिन आफुहरुले सरसफाई कार्यक्रम गरेको बताए । साथै उनले सामाजिक उत्तरदायित्वको हिसाबले संस्थाले आगामी दिनमा पनि यस्तै खाले सन्देशमुलक कार्यक्रमहरु गर्ने जानकारी दिए । त्यस्तै दोस्रो दिन शनिबार संस्थाले आफ्नै परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तसंचार कार्यालयको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ यूनिट रगत संकलन भएको संस्थाका सचिव किरणप्रसाद बञ्जराले जानकारी दिए । संस्थाले आईतबार सराङकोटस्थित वेद विद्याश्रमका बटुकहरुलाई नगद तथा खाद्यान्न वितरण गरेको छ । संस्थाको तर्फबाट अध्यक्ष ओमबहादुर कार्कीले वेद विद्याश्रमका संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनालाई नगद र खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । 
संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक कार्यक्रमको क्रममा कास्की जिल्ला सहकारी संघका अध्यक्ष रवीरमण तिवारीले सहकारीहरुले सामाजिक उत्तरदायित्व पनि निभाउनुपर्नेमा जोड दिए । उनले पृथ्वी वचत तथा ऋण सहकारी संस्थाले अरु सहकारीहरुको लागि पनि मार्गदर्शन गर्ने खालको सामाजिक क्रियाकलाप गरेको प्रति खुशि व्यक्त गरे । 
कास्की वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष तथा प्राईम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल जोशीले सामाजिक भएकै कारण सहकारी संस्थाहरुप्रति जनविश्वास बढेको बताए । उनले जनविश्वास बढाउनका लागि सहकारीहरुले सिद्धान्तमा रहेर काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । तीन दिने कार्यक्रमलाई भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण कर्मचारी, शेयरसदस्य र शुभचिन्तकहरुलाई संस्थाका सदस्य शोभित बस्यालले धन्यबाद ज्ञापन गरेका थिए । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment