विजय थापा, वाशिंगटन डिसी, १३ जेठ । एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त हुनु भएकी नेपाली अमेरिकन सञ्जिता प्रधानले आफुले समाजिक न्यायको क्षेत्रमा प्रारम्भिक तहबाटै काम गर्दै यो सफलता चुमेको बताएकी छिन ।
एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त भए लगत्तै प्रधानले समाजिक न्यायको क्षेत्रमा आफुले गरेको मेहनत र परिश्रमको प्रतिफल यो उच्च तहको सफलता चुम्न सफल भएको बताएकी हुन् ।
‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जसले पनि सफलता चुम्न सक्दो रहेछ’ भन्दै आफुले प्राप्त गरेको सफलता सबै नेपालीसंग बाड्न पाउदा आफुलाई गर्वको अनुभूति हुने बताइन ।
उनले भनिन. ‘राष्ट्रपति ओवामाले आफ्नो सल्लाहकार समुहमा थप १९ जनालाई नियुक्त गरेका छन् र त्यो १९ जनामा आफु पनि परेको हु । नियुक्त भएका सबै जना कोहि स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोहि लामो समय देखि समाज सेवामा समर्पित रहेका समाज सेवी पनि छन् ।’
प्रधानले अगाडी भनिन आफु धेरै बर्ष सम्म भुटानी पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको त्यो समितिमा आफु सबै भन्दा कनिष्ठ भएकोले आफुलाई यस्मा वहाहरुले नियुक्त गर्नु भएको बताईन ।
उनले कुराकानीको शिलशिला आफु सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला हु । आफुले गरिव दुखि, ओझेलमा परेका र सतह भित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको छु ।
आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न नडराउने ,अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु । हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो देखिएको मैले अनुभूति गरेको छु । र ,सबैले यो महसुस गरेका छन् भन्ने लागेको छ ।
भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गार्हो हुन्छ भन्दै आफुले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हु ,प्रधानले भनिन ।
आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ पनि केहि भ्रम जस्तो लागेकोले आफुले प्रथम पटक दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको बताउदै आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै हो । स्वयम् सेवक रुपमा काम गर्नु पर्ने हुन्छ ।
आफु जुन स्थानमा पुग्न सफल भएको छु त्यो मेरो परिवारको समर्थन र सहयोग नभएको भए यहाँ सम्म पुग्ने थिइन् भन्दै परिवार प्रति आभार प्रकट संचार माध्यम बाट दिन चाहन्छु भनिन ।
एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम भूमिका निर्वाह गर्न सक्छु । कुराहरु राख्न सक्छु । तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल ,सल्लाह ,सुझाब र प्रश्नहरु प्राप्त गरि रहेको जानकारी गराईन ।
कुराकानीको क्रममा उनले भनिन, ‘आफु यहाँ सम्म पुग्छु भन्ने नलागेको र आफु आफुले प्राप्त गरेको उच्च तहको सफलता देखेर आश्चर्य चकित परेको बताइन । आफु मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेको बताउदै आफुले तटस्थ रहेर गरेको कामको पुरस्कार हो मेरो नियुक्ति ।’
आफुलाई नियुक्त गरिएको काम सुरु भैसकेको बताउदै आफु सहभागी हुदा नौलो नलागेको बताउदै आफुले राज्य स्तरमा यसरि नै काम गर्ने गरेको बताईन । उनले थपिन, ‘आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरु संगै काम गरेको छु ।’
प्रधानले अगाडी भनिन एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति हो । मेरो काम अमेरिकामा भएका एसियन समुदाय संग काम गर्ने हो । आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नया नियुक्तिको काममा सहज र सरल रुपमा निभाई रहेको बताईन । यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्धा ,टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत )स्वास्थ्य ,बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा नेपाली समुदाय संग काम गर्न चाहेको बताईन ।
आफु आफ्नो अथक मेहनतलेनै यो उच्च तहसम्म पुगेको संस्मरण गराउदै आफुले अमेरिकामा बस्ने नेपालीहरुको प्रोफ़ाएल लेख्ने प्रयास गरि रहेको जानकारी गराईन ।
संजिताले आफ्नो पुर्खौली घर कोशी अञ्चल ,जिल्ला संखुवासभा चैनपुर भएको बताइन । उनले सुनसरी जिल्लाको धरानको बिजयपुर् उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी थिइन् ।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी रहेकी प्रधान अमेरीकामा सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन् ।
उनि पहिलो नेपाली अमेरिकन हुन् जसले अमेरिकी राष्ट्रपतिको सल्लाहकार तहको उच्च तहमा काम गर्ने अवशर प्राप्त गरेकी छिन ।
0 comments :
Post a Comment