English Edition

मंगलबार राति ५ म्याग्निच्युटको धक्का

काठमाडौं/ मंगलबार राति आँधीहुरीसँगै भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको हो ।
रसुवा केन्द्रबिन्दु बनाएर भएको भूकम्पको धक्का रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि राति १० बजे ललितपुर र काभ्रे जिल्लाको सिमाना केन्द्रबिन्दू भएको भूकम्प गएको थियो उपत्यकाभित्रै केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि साँझ ६ बजेर ३९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भयो ।
मंगलबारै साँझ ५ बजेर ४८ मिनेटमा दोलखा नै केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूटको र दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युटको भूकम्पको धक्का महुसस भएको हो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment