अमेरीकाको टेक्सासमा सकृय दुइ संस्थाहरुले नेपालका भुकम्प पीडितहरुलाइ उठाएको राहत रकम एनआरएन अमेरीकालाइ हस्तान्तरण गरेका छन । उनिहरुले पन्ध्र हजार आठ सय तिस डलर हस्तान्तरण गरेका हुन ।
नेप्लिज सोसाइटी इन लब्बक (NSL) टेक्सासका अध्यक्ष डां माधव पाण्डेले एक कार्यक्रमका बिच उक्त रकम एनआरएन अमेरीकाका अध्यक्ष डां केशव पौडेललाइ हस्तान्तरण गर्नु भएको थियो । सो अबसरमा बोल्दै एनआरएन अमेरीकाका अध्यक्ष केशव पौडेलले आफुले मातृभुमिको पीडा राम्रो संग अनुभुत गरेको बताउदै उक्त रकम सम्बन्धित पीडितसम्म पुय्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो कार्यक्रममा बोल्ने बक्ताहरुले देश दुख्दा आफुहरुलाइ पीडा भइरहेको भावना ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाल स्टुडेन्ट एसोसिएसन (NSA) टेक्सासका अध्यक्ष डां. मेघनाथ पराजुलीले गर्नुभएको थियो ।


0 comments :
Post a Comment