English Edition

राहत बितरणमा समेत बनाए कलाकारले गुट

rajeshhamal
नेपाली फिल्म क्षेत्र भूकम्पबाट प्रभावितहरुको राहत वितरणमा पनि विभाजित देखिएको छ । विशेषगरि, पर्दामा देखिने कलाकारहरुको टोली आ आफ्नै समूह बनाएर विभाजित छ ।
चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलको संयोजकत्वमा बनाइएको एक टोलीमा अभिनेत्री, अभिनेता र हाँस्य कलाकार देखिएका छन् । यो टोलीमा केकी अधिकारी, बर्षा सिवाकोटी, झरना थापा, सुनिल कुमार थापा लगायत देखिएका छन् । हुनत, सुरेशको टिमले पहिलो दिनमा ३ ग्रुप बनाएर राहत वितरण गरेपनि दोश्रो दिनदेखि यो टोलीका केही कलाकर्मी अलग देखिएका छन् ।
namrata-shrestha-and-aryan-sigdel-november-rain
फिल्मीखवरका अनुसार अभिनेत्री करिश्मा मानन्धर सुरुवातको दिनमा सुरेशको टोलीमा देखिएपनि अहिले उनी आफ्नै तबरले राहत वितरणमा सक्रिय छिन् । अभिनेत्री रेखा थापा त कहिले पनि फिल्मीकर्मीको साथमा देखिइनन् । उनी र निर्देशक हिमग्याप लामा एकसाथ सुरुवातदेखि नै लागिरहेका छन् । तर, रेखा फिल्मीकर्मीको ग्रुपमा देखिइनन् ।
अभिनेत्री नम्रता श्रेष्ठ पनि फिल्मीकर्मीको समुहमा देखिएकी छैनन् । उनले पनि आफ्नै तबरले राहत वितरण गरिरहेकी छिन् । अभिनेत्री निशा अधिकारी पनि कथा यस्तै छ । उनी त आजसम्म फिल्मीकर्मीको गु्रुपमा नै देखिएकी छैनन् । अभिनेता आर्यन सिग्देल एक दिन सिन्धुपाल्चोक पुग्नु अघि खासै सक्रिय छैनन् । अभिनेता जिवन लुइटेल अमेरिकाबाट आएपछि सुरेशको संयोजकत्वमा गठित टोलीमा देखिएका छन् । यो टोलीमा दीलिप रायमाझी पनि छन् ।
हाँस्य कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा लगायतको टोली सुरुवातमा विकास बोर्डमा बसेर फिल्मीकर्मीले गठन गरेको टोलीमा देखिएपनि पछि आफै राहत वितरणमा सक्रिय देखिए ।यसरी हेर्दा कलाकर्मीहरु आ आफ्नै तबरले अलग अलग तबरले राहत वितरणमा सक्रिय छन् । तर, जसले जसरी बाँडेपनि राहत पीडित भएको स्थानमा पुगेको छ । तर, यस्तो कुरामा एकजुट भएर हिडिदिने हो भने फिल्मीकर्मीलाई जनताले अझ नजिकबाट नियाल्ने थिए । 
नेपालीकला डट कम बाट




























Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment