English Edition

राजनीतिभन्दा माथि उठेर श्रमदान गरौँ : महासचिव पोखरेल

IShor p
काठमाडौँ / एमाले महासचिव ईश्वर पोखरेलले राजनीतिभन्दा माथि उठेर श्रमदान गर्न आग्रह गरेका छन्। सोमबार भूकम्पका कारण विस्थापित भएका जनताको घर पुनःनिर्माण गर्दा उनीहरुको सेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिदै पोखरेलले राजनीतिभन्दा माथि उठेर श्रम गर्न आग्रह गरेका हुन् ।
टोखा नगरपालिका–३ स्थित फैडोलमा स्वयम्सेवकले गरेको स्थानीयको घर टहरा पुनःनिर्माणको निरीक्षण गर्दै पोखरेलले निःस्वार्थ भावनाले श्रमदान गर्न आग्रह गरे ।
महासचिव पोखरेलले त्यस क्षेत्रमा खुला आकाशमुनि तथा पालमा बसेका जनतालाई राजनीतिभन्दा माथि उठेर छानामुनि ल्याउन खाँचो रहेको औँल्याए ।
पोखरेलले गाउँलेलाई श्रमदानको बोझ भारबाट मुक्त गरी पुनःनिर्माणको अभियान एक महिनासम्म जारी राख्न सुझाव दिए ।
स्थानीय शोभा डङ्गोलले भूकम्पका कारण आफ्नो दुई तले घर भत्किएपछि बासको समस्या परेकामा अहिले स्वयम्सेवकले टहरा निर्माणमा सहयोग गरेकाले छिट्टै अस्थायी बसोबास गर्न पाइने बताए ।
रासस

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment