English Edition

त्रिपाल खरिदमा अनियमितता

सहरी विकास मन्त्रालयको छानबिन टोलीले आफ्नै मन्त्रालयको त्रिपाल खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको  छ। मन्त्रालयले भूकम्पपीडितलाई अस्थायी बसोबासका लागि ४ लाख ५२ हजार ७ सय ९ त्रिपाल खरिद गरिसकेको छ।
स्रोतका अनुसार छानबिन टोलीमा संलग्न एक अधिकारीका अनुसार कम गुणस्तर भएका सस्तो त्रिपाललाई बढी मूल्य तिरी खरिद भएको पाइएको छ ।
मन्त्रालयले आन्तरिक समिति बनाई आपतकालीन अवस्थाका लागि बिना टेन्डर सोझै त्रिपाल खरिद गरेको थियो । त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा मन्त्रालयस्तरीय निर्णयबाट सह-सचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ । टोलीमा उपसचिवद्वय राजेन्द्र नेपाल र इन्द्रप्रसाद बस्याल छन् ।
टोलीले कम गुणस्तरको त्रिपाललाई बढी मूल्य तिरिएको, मानिस बस्नसमेत अनुपयुक्त त्रिपाल खरिद गरिएको, एउटै गुणस्तरका लागिसमेत घटबढ रकम तिरिएको पाइएको निष्कर्ष निकालेको छ ।
स्रोतका अनुसार टोलीले व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ । सहरी विकास मन्त्रालयले त्रिपाल खरिद गरेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वितरणका लागि पठाइन्छ ।
मन्त्रालयको खरिद हेर्ने प्रशासन महाशाखाले आठ किसिमका त्रिपाल खरिद गरेको छ । त्यसमा सबभन्दा बढी एक सय ५० ग्राम प्रतिस्क्वायर फिट (जीएसएम) भएको ३ लाख ९६ हजार ३ सय ९ थान खरिद गरेको छ । यस्तो त्रिपाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम ६ देखि ९ रुपैयाँसम्ममा खरिद गरेको छ ।
१५ हजार थान खरिद गरिएका एक सय ६० जीएसएम त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ४.३१ देखि बढीमा ४.६३ रुपैयाँसम्म तिरिएको छ । एक सय ७० जीएसएम खरिद गरिएका त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ४.७ देखि बढीमा ९.७८ रुपैयाँसम्म खर्च गरिएको छ । यस्ता त्रिपाल १९ हजार ४ सय ३४ थान खरिद गरिएको छ ।
एक सय ८० जीएसएमको त्रिपाल २ हजार ४ सय ९६ थान खरिद गरिएको छ । यो त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ७.८ देखि बढीमा ७.५ रुपैयाँसम्म तिरिएको छ । 
दुई सय जीएसएमको त्रिपाललाई प्रतिजीएसएम १०.५ रुपैयाँ तिरिएको छ । दुई सय जीएसएमको त्रिपाल ५ हजार १ सय ९३ थान खरिद गरिएको छ । दुई सय २० जीएसएमको त्रिपाललाई प्रतिजीएसएम ९.५ रुपैयाँ तिरिएको छ । यस्तो त्रिपाल ३ हजार ७ सय २५ थान खरिद गरिएका छन् । दुई सय ३० जीएसएमको त्रिपाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम १२.९ देखि बढीमा १२.७८ रुपैयाँ तिरिएको छ । यस्तो त्रिपाल ४ हजार २ सय ४६ थान खरिद गरिएको छ । दुई सय ५० प्रतिजीएसएमका त्रिपाल १ हजार २ सय १० थान खरिद गरिएका छन् । यो त्रिपाललाई प्रतिजीएसएमको १४ रुपैयाँ तिरिएको छ ।
'एउटै पाललाई फरक-फरक समयमा फरक-फरक दरमा खरिद गरिएको छ,' कमिटीको निष्कर्ष छ । वैशाख १३ देखि १९ गतेसम्म २७ हजार ७ सय ९ त्रिपाल खरिद गरिएको छ । 'एक सय ५० जीएसएमको त्रिपाललाई प्रतिजीएसएम ९ रुपैयाँमा खरिद गरिएको छ,' अनुगमनबाट थाहा भएको छ ।
 जगदिश्वर पाण्डे / कान्तिपुर दैनिक 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment