English Edition

अमेरिकी भुमिमा सहयोगी मनहरु

- प्रमोद सिटौला
       नेपालमा हालै गएको बिनाशकारी भुकम्पले ल्याएको बिनासले अमेरीकामा बस्ने सबै नेपालीलाई अत्यन्तै दुःखित तुल्याएको छ र सबै नेपालीहरू सहयोग गर्ने चाहानामा छन् । उनीहरुले गरी पनि रहेका छन् ।
   
मैले आफ्नो परिचय दिनु पर्दा मेरो नेपालमा घर झापा जिल्ला कनकाई नगरपालिका २ मा पर्छ र बिगत ११ बर्ष देखि अमेरीकाको न्यूयोर्क शहरमा बस्दै आएको छु र म अहिले जनसम्पर्क समिति अमेरीकाको केन्द्रिय सदस्य र यूथ काउन्सिस अमेरीकाको सभापति पदमा कार्यरत छु र यि संस्थाहरूले नेपाल र अमेरिकामा बस्ने नेपालीहरूका हक हितमा काम गर्छन।

बिशेस गरेर अमेरीकामा नेपालका राजनीतिक पार्टी निकट संगठनहरू निकै सकृय छन त्यसबाहेक बिभिन्न जिल्लका समाजहरू र सबैको साझा संगठन एनआर एन पनि छ । यी सबै संगठनहरू नेपालमा आपत बिपत पर्दा सकृयताका साथ लागी परेका छन । र्यो निकै रामा्रो र सकारात्कम पक्ष हो ।
यो सत्य कुरा हो अहिले अमेरीकामा भुकम्प पिडितलाई भन्दै सबै तिर चोक ठुला पसल सबै तिर बाक्सा थापिएका छन । त्यहाँ कति रकम उठी रहेको छ , त्यसबारेमा अहिल्यै यसै भन्न सकिन्न । फेरी त्यसरी उठाएका रकमबारे अहिले नै टिक्का टिप्पनी गर्नु राम्रो होइन । अहिल्यै टिप्पणि गर्नु हतार होला यस्को सबै खोजी निति गर्नु पर्छ भने गर्नु पर्छ । त्यस मध्ये अहिले अहिलेसम्म कित रकम उठ्यो होला भन्ने प्रश्नमा केन्द्रीत हुँदा जनसम्पर्क समितिले ८२ हजार डलर, बागलुड्ग समाज ३० हजार डलर, एनआरएनले २ लाख डलर रिजउड समाज ले २८ हजार, लड्ग आईलेण्ड नेपाली समाजले ९ हजार उठाएका छन्। यस्ता धेरै संगठनहरूले रकम जम्म गरेका छन ।

जहाँसम्म एनआरएनको भूमिकाको करा छ, अमेरीकामा भर्खरै मात्र नयॉ नेतृत्व आएको छ बिगतमा यो संगठनले त्यति प्रभाबकारी भुमिका खेल्न सकेको थिएन र कार्यकाल पनिे छोटो थियो अहिले पुर्ण कार्यकालका लागी स़क्षम नेतृत्व आएकाले आशा गर्ने धेरै ठॉउ छ । हेरौं आगामी दिनमा कसरी अघि बढ्छ ।
अमेरीकामा रहेका राजनितिक दलका भातृ संगठन पनि नेपालका राजनितिक दलको रोगबाट मुक्त हुन सकेका छैनन गुट उपगुट भन्दा माथि उठेर नेपालका लागी सबै एक जुट हुनु पर्छ तव मात्र मातृभुमि नेपालमा केही गर्न सकिन्छ । र, अन्तमा यस बिपतको घडिमा हामी प्रवासमा बस्ने नेपालीहरूले आफ्ने रगत र पसिनाको कमाई आ आफ्नो गक्ष अनुसार सहयोग गरोका छौ यसको सहि सदुपयोग होस् ।
(सिटौला नेप्लिज यूथ काउन्सिल अमेरिकाका सभापति हुन् )


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment