काठमाडौ, जेष्ठ ११ - महाभूकम्प र पराकम्पहरुका भत्किएका घर भवनका भग्नावशेषहरुले सहर फोहर भएको बेला कलंकी क्षेत्रका नेविसंघ कार्यकर्ताहरु सरसफाइमा जुटेका छन् । आइतबार बिहान कलंकी क्षेत्रमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि सहभागि थिए ।
नेविसंघको आयोजनामा जम्मा भएका युवाहरुले सडक सफा गर्नेदेखि ब्यानर निकाल्ने र भित्ताका पोस्टर पम्पलेट हटाउने काम गरेका थिए ।
0 comments :
Post a Comment