टेम्पोरेरी प्रोटेक्टेड स्टाटस ( टिपीएस ) का बिषयमा सचेतना जगाउने उदेश्यले बाल्टिमोरमा एक कार्यक्रम सम्पन्न भयो |एनआरएन अमेरिका मेरिल्याण्ड र फ्रेन्ड्स अफ ह्यारी भण्डारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा टिपीएस हस्ताक्षर केम्पेनका विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ |
उक्त केम्पेनका लागि एनआरएन मेरिल्याण्डका अध्यक्ष जेदु पोखरेलको संयोकत्वमा एक कमिटि गठन गरिएको छ | समितिमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अमेरिका (बाना) का उपाध्यक्ष सतिश चापागाईं सह संयोजक र बानाका सचिब श्रीजन ताम्राकार प्रचार संयोजक रहनु भएको छ | काम गर्न सजिलो होस् भनेर उपस्थित सबै संघ सस्था र व्यक्तिहरु सदस्य रहने निर्णय भएको छ |
समितिले आइतबारदेखि नै आफ्नो काम शुरु गरिसकेको छ | बाल्टिमोरका विभिन्न स्थानमा गएर चेतना जगाउने र हस्ताक्षर गराउने काम भएको प्रचार संयोजक श्रीजन ताम्राकारले बताउनु भयो |
टीपीएस कार्यक्रमलाई सहयोग होस् भनेर एउटा अस्थाई कार्यालय स्थापना समेत गरिएको छ | कार्यालयको सम्पर्क नम्बर ४४३ ४१३ ०४३९,४४३ ४०३ ९९८४, ४४३ ७६० ८१६७ र ४४३ ९२९ ५८८५ रहेको छ |
यसैबीच केम्पेनका तर्फबाट प्रकाशित प्रेस बिज्ञप्ति
हालै नेपालमा गएको अकल्पनीय विनासकारी महाभूकम्पले नेपाल र नेपालीलाई अतुलनीय क्षती पुगेको सर्वविदीतै छ । अमेरीकाबासी नेपालीहरु आफ्नो देशमा गई मुस्किलमा परेका आफ्नो परिवार र आफन्तलाई भेट गर्न पाउन् भन्ने हामी सबैको चाहना हो । यसै पृष्ठभूमिमा अमेरिकामा बसोबास गरिरहेका कागजात विहीन नेपालीलाई कानूनी आधारमै नेपाल जान आउन पाउने प्रावधान स्थापित गर्नका लागि १ लाख हस्ताक्षर आवस्यक भएको हुनाले NRN-Maryland र Friends of Harry (HB) Bhandari को संयुक्त सकृयता र मेरिल्याण्डका विभिन्न सामाजिक संस्थाहरु जस्तै बाना, नेपाल जनसंपर्क समिति, पर्वत समजा, कास्की समाज, म्यग्दि समाज, चितवन समाज, नासो, प्रवासी नेपाली एकता समाज, टिईसी समुह र अन्य संस्थाको सहभागितामा TPS Signature अभियान थालिएको छ । उक्त पवित्र अभियानमा संपूर्ण नेपाली दाजुभाई दिदी बहिनीलाई सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।
TPS to Nepal अभियानमा तपाई आफै पनि तलको लिंकमा हस्ताक्षर गर्न सक्नुहुन्छ । तपाईको ईमेलमा कन्फर्मेसन लिंक आउँछ, त्यसमा भेरिफाई गर्नुपर्नेछ ।
तपाई व्यस्त हुनुहुन्छ भने वा TPS Petition भर्न कुनै कठिनाई परेमा TPS Phone Banking संपर्क कार्यालयमा जेदु पोखरेल (443-413-0439) , एच बी भण्डारी (443-493-9984), Satish Chapagain (443-760-8167), Srijan Tamrakar (443-929-5885) संग आफ्नो ईमेल पनि टिपाउन सक्नुहुन्छ ।
अबगत रहोस यस अभियानको अन्तिम मिति मे २७ सम्म छ ।
0 comments :
Post a Comment