English Edition

चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन

काठमाण्डौ जेठ ११ । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको च्याम्पियन बनेको छ ।
कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनल भिडन्तमा चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दियो ।
मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसको सुरुवात भने खराव थियो । ओपनर पार्थिव पटेल खाता नै नखोली आउट भए ।
तर, कप्तान रोहित शर्मा र लेन्डल सिमोन्सले मुम्बईको पारी सम्हाले । सिमन्स र शर्माले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । रोहितले २६ बलमा ६ चौका र दुई छक्काको मदतमा ५० रन बनाए । उनलाई ब्राभोले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।
सिमोन्स पनि लगतै आउट भए । उनलाई ड्वेने स्मिथले बोल्ड गरे । ४५ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा ६८ रन बनाए ।
किरन पोलार्ड र अम्बाती रायडूले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । पोलार्डले १८ बलमा दुई चौका र तीन छक्काको मदतमा ३६ रन बनाए । २६ बलमा ३६ रन बनाएका राडयू अविजित रहे ।

जवाफमा चेन्नईले भने २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो । उसको सुरुवात खराव रह्यो । २२ रन हुँदा पहिलो विकेका रुपमा माइक हसी व्यक्रिगत चार रनमा आउट भए ।
ड्वेन स्मिथ र सुरेश रेनाले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । तर, १२ औं ओभरमा स्मिथ ५७ रनमा आउट हुँदा चेन्नईका लागि आवश्यक रन रेटप्रति ओभर १४ कटिसकेको थियो । स्मिथले ५७ रन बनाए । सुरेश रैना २८ रनमा हरभजन सिंहको सिकार भए ।
ड्वेन ब्राभो ९ र कप्तान महेन्द्र सिंह धभोनी १८ रनमा पभेलियन फर्किए । मुम्बईका मिचेलले ३ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले समान २–२ विकेट लिए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment