English Edition

फेरि बनाउँ गोरखा दरवारःअनि बज्नेछन् दमाहा र सनै

शुसील अर्याल
वैशाख १२ गते गएको भूकम्पबाट क्षत बिक्षत भएको गोरखा दरबारमा झण्डै एक महिनापछि ९ गते शनिबार बिहान १० बजेतिर पुग्दा  कालीका मन्दीर र गोरखनाथ गुफाका पुजारीहरु नियमित पुजा सकेर घर फर्किसकेका थिए ।

हतार हतार त्रासका बीच नियमित पुजा सकेर फर्कदै गर्दा पुजारी केशब खनाल केही तल भेटिए । भूकम्प पछि केही होसियारी पूर्बक भक्तजनलाई पुजा गर्ने ब्यबस्था मिलाईएपनि बैशाख २९ गते गएको भुकम्पले जोखिम बढाए पछि भने दर्शन र पुजाआजाका लागि रोकिएको रहेछ ।

एक त संञ्चारकर्मी त्यसमाथि जिल्लाबासी र अझै भूकम्प बाट पीडित भएको अबस्थामा आफनो घर र गोरखा दरबार कस्तो भयो होला भन्ने कौतुहलता बोकेर पुगेको थिएँ । हाम्रो आग्रह पछि पुजारी खनाल मन्दिर र्फकन तयार हुनुभयो तर अनुहारमा देखिएको त्रास को भाबले  हामीलाई समेत दोधार बनायो ।

दोधारमाबीच  हामी यस्तो अबस्थामा कालिका मन्दिर प्रबेश गर्‍यौ । खण्डहर बनेको दरबारको भग्नाबशेष छल्दै भन्दिर प्रबेश गर्न लाग्दा छेबैमा रहेका सुरुक्षाकर्मीहरु समेत अचम्म मानेको देख्यौ ।  ताकी कुनै ठुलो सुरुङ भित्र प्रबेश गर्देछौ फर्कने नफर्कने टुंगो छैन । भूकम्प अघि सम्म पुजाका बेला सुनिने सनाई , नगरा , दमाहको आबाज थिएन ।

बजाउने पार्टी खण्डहरु बनेका थिए ।सुनिएको थियो त केबल  डरका कारण  तिब्र गतिमा चलेको मुटुको घड्कन मात्र ।
करिब १० मिनेट जति कालिका मन्दिर भित्र बसेर बाहिर निस्कदा ठुलै युद्ध जितेको जस्तो अनुभब हुदो रहेछ । कालिकाको मूर्ति रहेको क्षेत्रलाई प्राबिधिकहरुले उच्च जोखिमको क्षेत्रका राखेपछि गोरखा दरबार हेरचार अड्डा र त्यहाका कर्मचारी दोधारमा परेका छन् । न जोखिम मोलेर दैनिक पुजाआजा गर्नु न पुजा छाड्नु । बर्षो देखी चलिआएको दैनिक पुजा रोक्न कसैको  मन मानेन त्यसैले पालै जाने मिलाएर नियमित पुजा भने भै रहेको छ । पुजारी खनाल भन्दै हुनुहुन्थो अब मुल भन्दिरमा जान बैकल्पिक बाटो बनाएर नित्यकर्म चलाउने तयारी मा छौ ।

करिब ३ सय वर्ष पुरानो दरबारको जगले शक्तिशाली कम्पनलाई पचाउन सकेन । १९९० सालको भुकम्पले सामान्य क्षति पुगेको गोरखा दरबारलाई बैशाख १२ गतेको भुकम्पले पूर्ण रुपमा क्षति पूर्‍यायो । गोरखा राज्यका राजा राम शाह देखि आधुनिक नेपालका पहिलो राजा पृथ्वीनारायण शाह सम्मका ११ शाह वंशले राज्य गरेको दरबार खण्डहर बनेको छ । त्यस माथि पनि प्रत्येक दिन जस्तो गएको पराकम्पनले झन कमजोर बनाउदै लगेको छ ।

थुम्कोमा रहेको कालिका मन्दिर संगै रहेका गोरखनाथको रोटपाटी चौघेरा, सित्तल पाटी, दमाई पाटी, पूण्र्ँकोट, पशुपतिनाथ मन्दिरमा पूर्ण क्षति भएको छ । मन्दिरका झ्याल, ढोका टुडाल धराप बनेर बसेका छन् । पृथ्बी नारायण शाहले सुरु गरेको नेपाल एकिकरणको केन्द्रबिन्दु गोरखा अहिले भूकम्पको केन्द्रका कारण चर्चामा छ त तर एउटा ईतिहास पुन निर्माणका लागि याचना गरिहेको छ ।

भत्किएको ईटा  माटो र काठ मात्र होईन  आधुनिक नेपालको सुनौलो ईतिहास पनि हो तसर्थ अब जोड्नु पर्छ आधुनिक नेपालको एकिकरण ईतिहास जस्तै प्रत्येक ईट्टा, टुडाल र भाबनाहरु । मन्दिर भत्किएको हो तर मन भत्किन दिनु हुदैन पुन निर्माण गरी फेरी गोरखाबाटै एकताको भाबनात्मक  सम्बन्धले नेपाललाई जोड्नु पर्छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment