English Edition

सर्वोच्च अदालका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या


सर्वोच्च अदालका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन्। उनले आइतबार राति आफ्नै निवासमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा इच्छामरण लेखिएको छ। 'इच्छामरण हो। शव अस्पताललाई दान दिनू। क्रिया खर्च पाँच लाख भूकम्पपीडितलाई दिनू,' सुसाइड नोटमा लेखिएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ। खिलराज रेग्मी प्रधानन्यायाधीश हुँदा चार वर्ष अस्थायी न्यायाधीशको रुपमा कार्यरत रहँदा पनि न्यायापरिषदले स्थायी नियुक्तिी नगरेको भन्दै उप्रेतीले म्याद सकिनु एक महिनाअघि राजीनामा दिएका थिए। कम्पनी ऐन र वाणज्यि ऐनमा दख्खल भएका उप्रेती संवैधानिक कानुनका पनि ज्ञाता थिए। नेपालको संविधान २०४७ का विषयमा उनले दुई वटा कृतिसमेत प्रंकाशित गरेका थिए।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment