English Edition

को बन्ला अब फिफाको अध्यक्ष ?

काठमाण्डौ जेठ १५ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नयाँ नेतृत्व चयनको लागि शुक्रबार (आज) निर्वाचन हुँदैछ । लगातार पाँचौपटक फिफा अध्यक्ष बन्ने दौडमा रहेका ब्लाटरलाई यसपटक जोर्डनका युवराज अली बिन अल हुसैनले टक्कर दिएका छन् ।
७९ वर्षीय स्वीस नागरिक ब्लाटर र ३९ वर्षीय अरबी धनाढ्य हुसैनबीचको यो टक्करलाई खेल जगत मात्रै नभएर सिंगो विश्वलेनियालिरहेको छ । फिफाका २ सय ९ सदस्य राष्ट्रले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । सबै सदस्य राष्ट्रलाई एक मत खसाल्ने अधिकार प्राप्त छ ।
अध्यक्ष पदमा निर्वाचित हुन दुई तिहाई मत ल्याउन आवश्यक छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले दुई तिहाइ मत ल्याउन नसके दोस्रो चरणको भोटिङ हुनेछ । त्यसमा भने साधारण बहुमत ल्याएपनि फिफा अध्यक्षमा निर्वाचित हुन सकिनेछ । यसको लागि १ सय ५ भोट आवश्यक पर्छ ।

विश्व फुटबलका ज्ञाताहरु यसपटक फिफाको इतिहासमै कडा प्रतिस्पर्धा हुने बताइरहेका छन् । युरोपेली फुटबल महासंघ युएफाले जोर्डनका युवराज हुसैनलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । ब्लाटरले नै चुनाव जितेको खण्डमा युएफाका केही सदस्य राष्ट्रले फिफाको सदस्यता त्याग्ने अध्यक्ष मिचेल प्लाटिनीले बताएका छन् । उता, एसियलाी फुटबल महासंघ (एएफसी) र अफ्रिकी फुटबल महासंघ (सिएएफ)ले ब्लाटरलाई समर्थन गर्ने बताइसकेका छन् ।

यस्तोमा मध्य तथा उत्तर अमेरिकी समूह कोन्काकाफ, दक्षिण अमेरिकी समूह तथा ओसियाना समूहको भोट निर्णयक हुने बुझिएको छ । फिफाको संगठनात्मक ढाँचाअनुसार अफ्रिकी फुटबल महासंघसँग सबैभन्दा बढी ५६ भोट छ ।

यसैगरी, युरोपेली फुटबल महासंघसँग ५४, एसियाली फुटबल महासंघसँग ४७, मध्य तथा उत्तर अमेरिकी समूह कोन्काकाफसँग ४१, ओसियाना समूहसँग १४ तथा दक्षिण अमेरिकासँग १० भोट रहेको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment