English Edition

सरकार प्राथमिकता होइन: कांग्रेस



congress
काठमाडौ, जेष्ठ १६ - सत्तारूढ प्रमुख दल कांग्रेसले अहिले अधिकतम सहमतिको सरकारभन्दा संविधान र भूकम्पबाट ध्वस्त भौतिक संरचनाहरूको पुननिर्माणलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ भनेर कान्तिपुर दैनिकमा बलराम बानिया लेख्छन |
राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले समयमै संविधान बन्नुपर्छ भन्ने राष्ट्रिय साझा संकल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
साथै सत्ताको झिनाझपटीमा नलागी भूकम्पबाट ध्वस्त संरचनाको पुनःस्थापना र पुननिर्माणका लागिसमेत सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने निर्णयसमेत कांग्रेसको छ ।
संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने आवश्यकतालाई औाल्याउादै कांग्रेसले त्यसका निम्ति आवश्यक परे सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको जनाएको छ । 
'संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्छ, यसका निमित्त आवश्यक पर्छ भने सहमतिको सरकार गठन गर्न हाम्रो पार्टी पहिलादेखि नै तयार छ र भन्दै पनि आएको छ । तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो । संविधान र पुनर्निर्माणलाई छाडेर कांग्रेस सहमतिको सरकार भनेर पछि लाग्दैन' काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले 
भने ।
उनले शुक्रबारको चार दलका शीर्ष नेताहरुको बैठक र त्यसअघिको कांग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माणलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी दिए । 'संविधान जारी नहुादासम्म कांग्रेसको नेतृत्वमा सरकार रहने कुरा सबैलाई थाहा छादैछ, सरकार गठन गर्दा नै एमालेसित यस विषयमा सहमति भएको थियो । संविधान जारी भइसकेपछि नयाँ नेतृत्वमा जाने बाटो खुल्छ, त्यसका निमित्त कांग्रेस तयार छ' बडुले भने ।
उनका अनुसार भूकम्पले ल्याएको विपत्तिको पुनःनिर्माणसँगै संविधान निर्माण गरेर अहिलेको राजनीतिक संक्रमणलाई छोट्याउन सके थप सम्पूर्ण शक्ति पुनःनिर्माण र पुनःस्थापनामा लगाउन सकिने कांग्रेसको निष्कर्ष छ । उनले अहिलेको प्राथमिकता संविधान नै भएकाले यसलाई जतिसक्दो पूर्णता दिइनुपर्ने बताए ।

बडुका अनुसार कांग्रेस  संविधान निर्माणका निमित्त आवश्यक परेको खण्डमा जसरी अहिले एकताबद्ध भएर सम्पूर्ण पार्टी विपद् व्यवस्थापनमा जुटेका छन, त्यसैगरी संविधान निर्माणमा पनि सम्पूर्ण शक्ति केन्दि्रत गर्नुपर्ने पक्षमा छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment