English Edition

अाउँदा राहत, जाँदा चरेश

un stat held with charess_nepalकाठमाडौं / भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् ।
डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो ।
नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’
राष्ट्रसंघको पासपोर्ट नम्बर ए ५६९६८५ लिएर २७ अप्रिलमा उनी नेपाल आएका थिए । उनी डब्लुएफपीको मुख्य कार्यालयबाट राहत सामग्री लिएर आएका खबर नयाँ पत्रिका दैनिकमा छ ।
फर्कने क्रममा चरेस लिएर जान खोज्दा उनी पक्राउ परेका हुन् । थोरै मात्रामा बरामद भएकाले तस्करीभन्दा सेवनको उद्देश्यले उनले चरेस बोकेको हुनसक्ने प्रहरीले जनाएको छ ।
विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट ब्युरोका इन्स्पेक्टर प्रेम शाहीले एलमाहीलाई पक्राउ गरेका थिए । जिन्स पाइन्टको दायाँतर्फको सानो खल्तीमा पोको पारेर उनले चरेस राखेका थिए । उनलाई थुनामा राखी कारबाही अघि बढाइएको छ ।
एलमाही काठमाडौंबाट तान्जानियाको राजधानी दारेसला जाँदै थिए । १४ वर्षदेखि उनी डब्लुएफपीमा काम गर्दै आएका छन् । उनका बुबा सोमालियन र आमा जर्मन हुन् । जर्मनीमै जन्मिएकाले उनले जर्मनीको नागरिकता पाएका थिए ।
- See more at: http://www.nayapage.com/13788#sthash.cVjCDIsO.dpuf
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment