
काठमाडौं – चीन भ्रमणको इच्छा पूरा गर्न पहिले भारतको भ्रमणमा जान व्यग्र चाहनामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा भारत र चीन दुवै मुलुकको भूमण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । सुशील कोइरालालाई विस्थापित गर्नुपर्ने आवाज देशव्यापी रुपमा उठिरहेको सन्दर्भमा राजनीतिक दलहरुको उच्च तहसमेत सरकारको नेतृत्व परिवतर्नमा केन्द्रित हुन थालेपछि कोइरालाको छिमेकी मुलुकहरुको भ्रमण गर्ने इच्छा पूरा नहुने सम्भावना बढेको हो ।
सुजाता कोइराला र आफ्ना परराष्ट्र मामिलासम्बन्धी सल्लाहाकारमार्फत चीन भ्रमण गर्ने इच्छा चिनियाँ कूटनीतिकहरुसमक्ष प्रकट गरेपछि चीनले तत्काल सकारात्मक जवाफ दिएको बताइन्छ । तर पहिले भारतको भ्रमणमा गएर मात्र चीन जानु उपयुक्त हुनसक्न भन्ने विज्ञहरुको सुझाव भएकाले कोइराला यसै महिना (जेठंं) भित्र भारतको भ्रमण गर्ने व्यग्रतापूर्ण पर्खाइमा रहेका छन् । बालुवाटारनिकट स्रोतलाई हवाला दिदै घटना र विचार साप्ताहिक अगाडि लेख्छ – जेठभित्रै प्रधानमन्त्रीको भ्रमण गराउन भारत सकारात्मक भएको छ र त्यसनिम्ति औपचारिक प्रक्रियासमेत सुरु भइसकेको छ ।
जेठको अन्तिम साताको अन्त्यतिर कोइरालाको भ्रमण हुने.छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले कोइरालाकै सरकारलाई निरन्तरता दिन लबिङ गरिरहे पनि नेपालमा सरकार परिवर्तनका लागि भइरहेको आन्तरिक तयारीले व्यवधान पैदा गर्ने निश्चित हुँदै गएको छ । सुशील कोइरालालाई विदा गर्न देश यति हतार गर्दै छ कि जेठ महिनाका आगमी कुनै पनि दिन उहाँका लागि अनिष्टको हुनेछ । कोइरालाप्रति सत्तासाझेदार एमाले, प्रमुख विपक्षी एमाओवादी , मधेसकेन्द्रित समूहहरु र कांग्रेसभित्रको ठूलो हिस्सा मात्र होइन, नेपाल सेना, प्रहरी तथा प्रशासनिक निकाय समेत असन्तुष्ट बनेका छन् ।
कुनै अनेपेक्षित एवं अप्रत्यासित मोड नआएमा सुशील कोइराला सरकारलाई एमाले अध्यक्ष केपी ओलीले विस्थापित गर्नेछन् । ओलीको पक्षमा अन्तर्राष्ट्रिय समूदाय सकारात्मक बन्दै गएको, एमाओवादी तथा मधेसी मोर्चा संवद्द दलहरु पनि ओलीको नेतृत्व स्वीकार गर्ने मानसिकता बनाएको तथा कांग्रेसभित्र समेत सुशीलले भन्दा अरु जो कसैले राम्रोसँग चलाउन सक्छन् भन्ने मत सुदृढ बन्दै गएकाले सुशीलको सरकार ढल्ने र ओलीको नेतृत्वमा नयाँ सहमतीय सरकार बन्ने सम्भावना बढेर गएको छ ।
0 comments :
Post a Comment