English Edition

प्राकृतिक विपदपछिको स्वर्णिम जनबाद


सुजीतकुमार खडका, प्राकृतिक विपद 
हाम्रो देश नेपाल ११औ भूकम्पीय रेखामा पर्ने मुलुकको सुचिमा रहेको प्राय अब सबै लाइ जानकारी भएको हुनुपर्दछ | यति थाहा हुदाहुदै हामीले प्रक्रिति  माथि बिजय प्राप्त गर्न खोजेको कता कता अनुभूति हुन्छ | किनभने तपाई हामिलेनै निर्माण गरेको सबै भौतिक संरचनाकै कारण गत १२ गते र त्यसपछि गएको भुकम्प बाट हामीले धेरै मानबिय क्षति व्यहोर्न पर्यो | जुन हाम्रा लागि इतिहासको कालो दिन बन्न पुग्यो | आखिर किन निर्माण गर्छौ हामी गगन चुम्बि भबन अनि महल तिनै भौतिक संरचना जसले हामी सबै लाइ रितो हात र रितो काख बनाई गयो | यसरी एउटा गरिब देस माथि कहिले जनयुद्धको नाउमा तिनै गाउका गरिब निमुखा जनताको बलि दिइन्छ अनि कहिले प्रकृतिले नै हाम्रो बलि माग्छ यस्तै यस्तै आपद विपदले रुमलियको नेपाल सबैको लागि चोटिलो बन्न पुग्यो फल स्वरूप सम्भिधान बनाउने जमर्को गर्दा गर्दै अचानक नेपाल र नेपाली जनताले दैबी बिपत अर्थात् भुकम्पपिय चोट बेहोर्नु पर्यो |


स्वर्णिम जनबाद 

भनिन्छ कुनै पनि नया चिज पाउन पुरानो बस्तु हामीले गुमाउनु पर्छ यसलाई सत्यतामा परिणत गर्न तपाई हामी सामु देसको मुहार परिबर्तन गर्ने एउटा राम्रो अवसरको रुपमा यो समय आएको छ | ठिक ढंगले यसलाई हाम्रा राजनीतिक दलहरुले भन्ने गरेको अग्रगामी परिबर्तन भनौ वा युगान्तकारी परिबर्तन खैर  जे भने पनि यो अबस्था लाइ परिबर्तनको एउटा स्वर्णिम जनबादको रुपमा ब्ख्या गरेर अगाडी बढ्दा कुनै फरक पर्दैन जस्तो लाग्छ | जसले सबै नेपालीको एकीकृत आवस ,खानेपानी,    शिक्षा  , स्वस्थ्य, यातातात, कृसी क्षत्र, रेलवे हवाई मार्ग लगाएत परराष्ट्र नीति,  मानव अधिकार, प्रेस स्वतन्त्रताता आर्थिक नीति यही अबस्थामा सबै नेपाली जनताको बिचमा पुराउन सक्ने बाताबरण सिर्जना भएको छ | किनभने यतिबेला हामी सबै आवस्कता मुखी भएका छौ | बुझ्ने  र बुझाउने एकै सतहमा आएको कारण अब विकास र पुनर्निर्माणको काम एकै साथ् अगाडी बडाउने कामको मूल बिन्दुको मिलन भएको छ | यही मिलन बिन्दु लाई नै नेपाली जनताले स्वर्णिम जनबादको रुपमा बुज्ने छन् | र देस आगाडी बढ्ने छ |
(खडका बाल्टिमोरमा सक्रिय युवा हुन |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment