![]() |
| कृष्ण घिमिरे |
बैशाख १२ मा गएको महाविनासकारी भुकम्प र त्यस पछिका पराकम्पनकरुबाट भएको क्षतिबाट पिडित भएका ब्यक्तिहरुलाई उद्धार तथा पुनस्थापना गराउन भुकम्प गएको एक महिना वितिसक्दा पनि सकिएको अवस्था छैन । भुकम्पका कारण भत्किएका संरचनाबाट वा भुकम्पका कारण गएको पहिरोबाट च्याँपिएका कतिपय ब्यक्तिहरुलाई समयमा उद्धार गर्न नसक्दा त्यक्तिकै ज्यान गुमाउनु पर्यो । समयमा उक्त क्षतिग्रस्त स्थानमा पुग्न नसक्नुको प्रमुख कारण भौगोलिक विकटता,अब्यवस्थित बसोबास र छरिएर रहेको बस्ति नै हो भन्ने कुरा बैशाख १२ पछिका घटनाक्रमले प्रष्ट पारेको छ । खासगरि उच्च पहाड र हिमाली क्षेत्रमा छरीएर रहेका वस्तिहरुमा न त समयमा उद्धार हुन सक्यो न त राहत सामाग्रि वितरण नै गर्न सकियो । वस्ति बसाउन आवश्यक पुर्वाधार विनाको बसोबास भएकोले यस्तो समस्या उत्पन्न भएको हो ।
परापुर्वकालमा मानवसभ्यताको विकासका क्रममा घुमन्ते फरन्ते मानिसहरु जहाँ आफुलाई अत्यावश्यक हुने आधारभुत आवश्यकताहरु उपलब्ध हुन्छ त्यस्ता स्थानमा वस्ति बसाउन थालेका थिए । खेतियोग्य जमिन,पानि , अनुकुल हावापानि तथा बन जंगल भएका स्थानहरु उनीहरुको पहिलो प्राथमिकतामा थियो । ती प्राथमिकतामा परेका स्थानहरु अहिलेको अवस्थामा शहरको रुपमा परिणत भएका छन् । दिन प्रतिदिन जनसंख्या बृद्धि हुदै जाँदा कृषि उत्पादन तथा औद्योगिकरण विस्तार जस्ता विषयले मनिसहरुलाई अत्यावस्यक हुने वस्तु तथा सेवाको उत्पादनमा तिब्रता हुँनु स्वभाविक नै थियो । यसले सहरीकरणको विकासमा पनि तिव्रता पाएको थियो । खासगरि अल्पविकसित राष्ट्रहरुमा अहिलेको अब्यवस्थित शहरीकरण त्यसैको परिणामको रुपमा लिन सकिन्छ । समतल भुभाग, बस्तु तथा सेवाहरु सहज रुपमा उपलब्ध हुने स्थानहरुमा बस्ति बाक्लिंदै गयो र त्यस्ता बस्तिहरु बिस्तारै शहरका रुपमा परिणत भएको पाईन्छ । यसरी सुविधायुक्त स्थाहरुमा आर्थिक रुपमा सुसम्पन्न ब्यक्तिहरुको रोजाई हुन पुग्यो भने आर्थिक रुपमा विपन्न र गरिव परिवारहरु त्यस्ता सुविधायुक्त स्थानमा बस्न नसक्ने अवस्था श्रृजना हुँदा जहाँ पायो त्यहिं अर्थात भिर, पाखा पखेरो मा अफ्नो बासस्थान बसाउने र खालि स्थान फेला नभएको अवस्थामा बन जंगल फडानि गर्ने खेति किसानी गरी आफ्नो जिविका चलाउने गर्दै जाँदा नेपालमा अब्यवस्थित बसोबासको सुरुवात भएको पाइन्छ । आर्थिक अवस्था कमजोर,भुमिहिन ,गरिव ,सिमान्तकृत वर्ग तथा समुहको त्यतिबेलाको आवश्यकता केवल खालि स्थान फेला पार्नु थियो जहाँ उनीहरु सामान्य घर टहरा बनाएर जिवनयापन गर्न सकुन । उनीहरुलाई न त कुनै अत्यावश्यक पुर्वाधारको ख्याल भयो न त त्यस्ता स्थानमा देशको सरकारलाई पुग्न कठिन होला भन्ने हेक्का नै भयो । खालि स्थान पाउने वित्तिकै वस्ति बसाउने तर्फ ध्यान केन्द्रित हुँदा त्यस्ता छरिएका र अब्यवस्थित बस्तिहरुको बृद्धि हुँदै गयो ,सरकारले पनि त्यस्ता बस्तिहरुलाई ब्यवस्थित गर्न तर्फ कुनै ध्यान दिएको पाईदैन ।
छरिएरको बस्तिले पारेको समस्या बैशाख १२ को महाभुकम्प पछि भुकम्पले ध्वस्त पारेका बस्तिहरुमा समयमा उद्धार टोलि पुग्न नसक्नु,समयमा राहत सामाग्रि पुर्याउन नसक्नु जस्ता घटनाले छर्लङग पारेको छ । नेपालका उच्च पहाडि तथा हिमाली क्षेत्रहरुमा छरिएर रहेका वस्तिहरु असंख्य रहेका छन् । कतै २र४ वटा घरहरुको बस्ति देखिन्छ भने कतै अलि बाक्लो देखिन्छ । जहाँ शिक्षा ,स्वस्थ्य,यातायात जस्ता भौतिक पुर्वाधार छैनन् ,कुन बेला पहिरो जान्छ वा कुनबेला हावाहूरी आएर उडाएर लैजान्छ कुनै पत्तो छैन ,अझ अहिलेको जस्तो भुक्म्प आएर गोरखा ,दोलखा वा सिन्धुपाल्चोक का वस्तिहरु जस्तो उजाड पारिदिन्छ केहि भन्न सकिने अवस्ता छैन तर पनि मानिसहरु त्यस्ता वस्तिहरुमा बस्न वाद्य छन् । कारण सरकारले छरिएर रहेका वस्तिहरुलाई एकत्रित गर्न कुनै योजना बनाएको छैन भने छरिएर वस्ति बसाउँदा सरकारले पुर्वाधारको विकास गर्न कठिनाई पर्ने तथा पाखा पखेरा मा बस्दा हुन सक्ने खतराका बारेमा सचेतना नगराउनु पनी हो । हरेक वर्ष बर्षादका कारण त्यस्ता वस्तिहरु बाढि पहिरोका उच्च जोखिममा हुँदा हुँदै पनि सरकारको कुनै चासो नहुँदा अहिलेको भुकम्पबाट धेरै क्षति हुन पुगेको हो । त्यस्ता वस्तिहरुमा कुनै सरकारी निकाय पुगेर पुवाधार विकासको प्रयास गर्नु त कता हो कता विरामि हुँदा समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाइरहेका छन् । यातायात सञ्जालमा पुग्न उनीहरुलाई हप्तौं पैदल यात्रा गर्नु पर्दछ । शिक्षको लागि कुनै पहूँच नभएकाले त्यहाँका बालबालिका लामो दुरीसम्म ज्यानको बाजि राखेर जोखिमपुर्ण यात्रा गरी विद्यालय जान बाद्य छन् भने कतिपय विद्यालय जानबाट पनि बञ्छित रहेका छन् । भुकम्प,बाढि पहिरो जस्ता प्रकृतिक विपत्तिले त्यस्ता जोखिम बस्तिहरुलाई संधैभर त्रासमय वातावरणमा बस्न बाध्य तुल्याईरहेको छ । पातलो वस्तिका कारण एकले अर्कालाई सहयोग गर्न सक्ने खालको वातावरणपनि रहेको देखिंदैन भने एक वस्ति एउटा डाँडामाथि हुन्छ भने अर्को वस्ति अर्को डाँडामाथि हुन्छ यसले गाउँ गाउँको सम्वन्ध राख्न वा सहयोग आदान प्रदान गर्न पनि निकै कठिनाई देखिन्छ ।
महाविनासकारी भुकम्पका पिडितहरुलाई समयमै उद्धार हुन नसक्नुको प्रमुख कारण छरिएर रहेको अब्यवस्थित वस्ति नै प्रमुख कारण बनेको देखिन्छ । विकसित राष्ट्रहरुमा डाँडाकाँडामा छरिएर रहेका बस्तीहरुलाई पुनर्वास गराई निश्चित स्थानमा स्थानान्तरण गरेर बसोबास बसाउने र आवश्यक भौतिक पुर्वाधारहरुको ब्यवस्था गरेको देखिन्छ । जापान,चिन जस्ता देशहरुमा छरिएर रहेको वस्तिमा पुर्वाधार पुर्याउनु भन्दा ति वस्तीहरुलाई नै निस्चित स्थानमा स्थानान्तरण गरेर पुर्वाधारको विकास गरिदिनु राम्रो हुने देखेर त्यस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याएको पाईन्छ । हाम्रो देशमा न त कुनै छरिएर रहेको वस्तिलाई स्थानान्तरण गरी एकत्रित वस्ती गराउने योजना छ न त कुनै शहरलाई ब्यवस्थित गर्ने योजना छ । तर महाविनासकारि भुकम्प पछिको पुननिर्माण मा छरिएर रहेको वस्तिलाई सरकारले कुनै सुगम स्थानमा स्थानान्तरण गरेर आवश्यक पुर्वाधारहरुको विकास गर्न सकेमा मात्र विनासकारी प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ भने पिडितलाई छिटो भन्दा छिटो उद्धार गर्न सकिन्छ । अहिलेको भुकम्प पिडितलाई उद्धार गर्न स्वदेश तथा विदेशबाट आएका सामाग्रिहरु भौगोलिक विकटता र छरीएको वस्तिका कारण पुर्याउन निकै कठिन परेको थियो । हेलीकप्टरबाट सामान लिएर गएका उद्धार टोलिहरु आकासमा फन्को लगाएर फर्कन बाध्य भए ,किनकि हामीकहाँ त्यस्ता वस्तिहरु छन् जहाँ हेलिकप्टर अवतरण गर्ने स्थान पनि छैन । घाईतेहरुलाई समयमा उपचार गर्नको लागि अस्पताल पुर्याउन सकिने अवस्था थिएन र त्यत्तिकै ज्यान गुमाउनु पर्यो । पहिरोले छिन्नभिन्न पारेका वस्तिहरुमा उद्धारकर्मि पुग्न हप्तौ लाग्ने भयो यसको प्रमुख कारण छरीएर रहेको वस्ती नै थियो ।
नेपालमा पनि अव उच्च भेगमा छरिएर रहेका वस्तीहरुलाई सुगम स्थानमा स्थानान्तरण गरेर एकत्रित वस्ती बसाउने प्रक्रियाको थालनी गर्ने हो भने प्राकृतिक विपदिबाट हुने जोखिमलाई कम गर्न सकिने मात्र होइन भौतिक पुर्वाधारको विकास पनि सजिलो संग गर्न सकिन्छ । छरिएको बस्तीमा सरकारले भौतिक पुर्वाधारको विकास गर्दा बढि खर्च लाग्ने र कम जनसंख्याले मात्र लाभ लिन सक्छन् भने एकत्रित बस्तीमा धेरै जनसंख्याले भौतिक पुर्वाधारको लाभ लिन सक्ने हुन्छ । कम लागतमा विकासको प्रतिफल प्राप्त हुने ,समुहमा पुँजिको परीचालन,सामुहिक वचत जस्ता प्रकृयाले वस्तीहरुलाई छिटै आर्थिक वृद्धिगर्न पनि सहयोग पुर्याउन सक्दछ । जनताले सहजरुममा शिक्षा स्वास्थ्य,यातायात,संचार जस्ता पुर्वाधारको प्रयोग गर्न सक्दछन् । सरकार र जनताविचको दुरी कम गर्न सकिने र कुनै पनि जनताले आफ्नो देशको सरकारले आफनो लागि केहि गरीरहेको छ भन्ने अनुभुति गर्न सक्छन् । कुनै पनि देशका नागरीकको संसक्षण गर्नु संवन्धित सरकारको कर्तब्य हो । तसर्थ अवको भुकम्पले तहसनहस भएका वस्तीहरुको पुन निर्माण संगै देश पुन निर्माण गर्दाको पहिलो प्राथमिकता भनेको एकत्रित वस्ती निर्माण नै हुनु पर्दछ । तवमात्र देश पुन निर्माणले सार्थकता पाउने छ ।
krishnapalpa@gmail.comगोरखापत्र दैनिकमा आज प्रकाशित लेख

0 comments :
Post a Comment