English Edition

उदयपुरमा हावाहुरीबाट करोडौैँको क्षति

काठमाण्डौ जेठ १३ । हिजो राती चलेको हावाहुरीले उदयपुरमा १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । गए रातिको हावाहुरीबाट रैता गाविस–९ गुरासे बस्ने २० वर्षीया शान्तिकुमारी थापा मगरको घरको छाना भत्किँदा छानाले थिचिएर मृत्यु भएको र अन्य विभिन्न स्थानमा सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । यससंगै शनिबारदेखि लगातार चलेको हावाहुरीबाट करिब ३५० घर र १२ विद्यालयमा समेत क्षति पुगेको छ । त्यस्तै विजुलीका करिब ४०० खम्बा ढलेका प्रहरीले जनाएको छ । हावाहुरीका कारण पञ्चावती, भलायडाँडा, साउने, राम्पुर ठोक्सिला, हटिया र चुरे क्षेत्रका तीन हजारभन्दा बढी सालका रुख ढल्दा रु १० करोड बराबरको क्षति भएको जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले बताउनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment